Like us!
Follow us!
Connect us!
Watch us!

नबिल इन्भेष्टमेन्ट बैंकिङ्गले डाक्यो साधारणसभा, लाभांश कति दिने भो ?

अर्थ संसार

विहीबार, ०६ कार्तिक २०७७, ०७ : ४१ मा प्रकाशित

नबिल इन्भेष्टमेन्ट बैंकिङ्गले डाक्यो साधारणसभा, लाभांश कति दिने भो ?

अर्थ संसार, काठमाडौं - नबिल इन्भेष्टमेन्ट बैंकिङग् लिमिटेडले एघारौं वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीको संचालक समितिको असोज २५ गते बसेको ८७औं बैठकको निर्णयानुसार उक्त सभा कार्तिक २६ गते बुधबार, कम्पनीको सभा कक्ष, नक्साल, काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ ।

सभामा संचालक समितिको वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गरिनेछ यस्तै लेखापरीक्षकको प्रतिवेदनसहितको आर्थिक वर्ष २०७६/७७ को वासलात, नाफा-नोक्सान हिसाब तथा नगद प्रवाह विवरण छलफल गरी पारित गर्ने, आर्थिक वर्ष २०७७/७८ को लागि लेखापरिक्षकको नियुक्ति तथा निजको पारिश्रमिक निर्धारण गर्ने लगायत विषय छलफल गरी पारित गरिनेछ । 

यसैगरी संचालक समितिले प्रस्ताव गर बमोजिम २० प्रतिशत नगद लाभांश कर सहित ४ करोड रुपैयाँ वितरण गर्न स्वीकृत गरिनेछ ।

कम्पनीले प्रकाशन गरेको सूचना हेर्नुहोस्:-

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको