Like us!
Follow us!
Connect us!
Watch us!

संजिव लामाको 'जुनतारा' सार्वजनिक (भिडियोसहित)

अर्थ संसार

शुक्रबार, ०७ कार्तिक २०७७, १२ : १९ मा प्रकाशित

संजिव लामाको 'जुनतारा' सार्वजनिक (भिडियोसहित)

अर्थ संसार, काठमाडौं -  धरानका पुरानो ब्याण्ड मिक्स मेलोडीका गायक संजिव लामा अहिले प्रवासमै रहेपनि नेपाली गीतसंगीत क्षेत्रलाई छोड्न सकेका छैनन । उनि विदेशमा रहँदा होस या स्वदेशमा रहेको  बेला, आफ्नो केही न केही  सृजना स्रोतामाझ पस्केका नै हुन्छन । यो पालि भने आफ्नो गृहनगर धरान आएको समयमा कोरोनाको कारणले धरानमै लकडाउनमा परे  । उनले यहि लकडाउनलाई सदुपयोग गर्दै यसपाली धरानका सङ्गीतकर्मीहरु रोहित मास्के, हेम सुब्बा , मनोज मोते  संग बिभिन्न गीत रेकर्ड गर्नुको साथै संदेशमुलक भिडियो समेत निकाले । योसँगै उनले आफ्ना अधुरा थुप्रै गीतहरु रेकर्ड गरे भने दुई गीतहरु रेकर्ड गरि भिडियो समेत तयार गरेका छन्।
 
सिल्भर इन्टरटेनमेन्टको युट्युब च्यानल मार्फत भर्खरै रिलिज गरिएको यस गीतमा उनले आफ्ना दुई छोरीहरु कृस्टी र कृस्मा लामालाई समेत अभिनय गराएका छन् । छोरीहरुकै सम्झनामा गीतकार हांगयुग अज्ञातसँग मिलेर लेखेको गीतमा मनोज मोतेसँग मिलेर उनले संगीत तयार गरेका छन् । लकडाउनको समयमा छोरीहरु पनिसँगै धरानमै रहेकोले छोरीहरुकै लागि लेखिएको गीतमा किन उनीहरुलाई नै नखेलाउने भनेर अभिनय गराएको गायक लामा बताउँछन्  ।

प्रशान्त तामाङको छायांकन र सम्पादन रहेको गीतको भिडियो गायक लामा स्वयम्को निर्देशन रहेको छ । 
भिडियो हेर्नुहोस्:

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको