Like us!
Follow us!
Connect us!
Watch us!

सुशीलको 'सुनन'मा आकाश र उषाको रोमान्स (भिडियोसहित)

अर्थ संसार

शुक्रबार, २१ कार्तिक २०७७, ११ : ५५ मा प्रकाशित

सुशीलको 'सुनन'मा आकाश र उषाको रोमान्स (भिडियोसहित)

अर्थ संसार, काठमाडौं - तिहारको कोशेली स्वरूप गायक सुशील श्रेष्ठ 'जुजु'ले  नयाँ म्युजिक भिडियो  'सुनन' सार्वजनिक गरेका छन्। 

रोमान्टिङ भर्सनको यस गीतमा स्वर सुशील श्रेष्ठ 'जुजु' को रहेको छ भने शब्द स्वयम् गायक सुशील श्रेष्ठ 'जुजु' र स्वर्गीय आशिष तामाङको रहेको छ।  यस गीतलाई स्वर्गीय आशिष तामाङले नै संगीतवद्द गरेका हुन्।  

नगरकोट वरपर छायांकन गरिएको म्युजिक भिडियोमा  नायक आकाश श्रेष्ठ र उषा उप्रेतीको प्रेम र रोमान्स देख्न सकिन्छ।   भिडियोमा प्रकाश जिसीको समेत  अभिनय देख्न सकिन्छ। भिडियोमा सुदिप बरालको कन्सेप्ट र छायांकन रहेको छ।  टेकेन्द्र शाहले भिडियोलाई सम्पादन गरेका हुन्।  काजी बहादुर श्रेष्ठ उत्पादक  रहेको भिडियोलाई आचार्य गोपालको निर्देशनमा तयार पारिएको हो। गायक श्रेष्ठको अफिसिएल युट्युव च्यानल ‘ जुजु क्रियशन’  मार्फत भिडियो सार्वजनिक गरिएको हो।
 
कोरना कहरबीच निकै मिहिनेत साथ निर्माण गरिएको  यस गीतको म्युजिक भिडियोलाई हेरेर साथ , सपोर्ट र माया गरिदिन निर्माण टिमले सम्पूर्ण संगीत प्रेमीहरुलाई आग्रह गरेका छन्।  

भिडियो हेर्नुहोस्:

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको