Like us!
Follow us!
Connect us!
Watch us!

ईशा कार्कीको 'दिलको ड्राइभर' सार्वजनिक, म्याकुरी र कन्चन एउटै पर्दामा (भिडियोसहित)

अर्थ संसार

आइतबार, ०२ कार्तिक २०७७, १४ : १५ मा प्रकाशित

ईशा कार्कीको 'दिलको ड्राइभर' सार्वजनिक, म्याकुरी र कन्चन एउटै पर्दामा (भिडियोसहित)

अर्थ संसार, काठमाडौं - अमेरिकाको क्यालिफोर्नियामा बसोबास गर्दै आएकी गायिका ईशा कार्कीको गीत "दिलको ड्राइवर" सार्वजनिक भएको छ ।  गीतमा ईशा कार्की र अमृत जंग कुँवरको स्वर रहेको छ भने संगीत संयोजन रीकेश गुरुङको रहेको छ । हाँस्य कलाकार पवन खतिवडा "म्याकुरी" र कञ्चन खड्काको अभिनय रहेको गीत लाइ मनोज बिष्टले निर्देशन तथा टेकेन्द्र शाहले सम्पादन गरेका छन् ।  

राज महर्जनको कोरियोग्राफीमा ह्याप्पी क्रु र चार्मिङ ईन्टरटेनमेन्टको दमदार प्रस्तुति रहेको छ । अमेरिकामा दिपक बम्जन र नेपालमा रामकुमार केसीद्वारा छयांकन गरिएको भिडियोलाई  ईशा कार्की र अमृत जंग कुँवरले परिकल्पना गरेका हुन्।  भिडियो एमबी क्रियशनको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको