Like us!
Follow us!
Connect us!
Watch us!

रवि लामिछाने र उनकी पत्नी निकिता पौडेललाई कोरोना संक्रमण

अर्थ संसार

विहीबार, १३ कार्तिक २०७७, ११ : १७ मा प्रकाशित

रवि लामिछाने र उनकी पत्नी निकिता पौडेललाई कोरोना संक्रमण

अर्थ संसार, काठमाडौँ - सञ्चारकर्मी रवि लामिछाने र उनकी पत्नी निकिता पौडेललाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । बुधबार पिसिआर परिक्षण गर्दा उनीहरु दुवैमा कोरोना संक्रमण पुष्टि भएको हो । 

सञ्चारकर्मी लामिछानेले सामाजिक सञ्जाल मार्फत आफुहरुमा कोरोना भाइरस पोजेटिभ देखिएको जानकारी दिएका हुन् । उनीहरु दुवै जनाको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।

सामाजिक सञ्जालमा उनले लेखेका छन्, "गत मंगलबार राति बाट हल्का ज्वरो आए पछि हिजो PCR टेष्ट गर्दा, म र निकीता दुबैमा कोरोना पोजेटिभ देखिएको छ। हामी दुबैको स्वास्थ्य सामान्य छ । केही पेशागत क्रियाकलापले र केही आफ्नै लापरबाहीले संक्रमण भएको हुन सक्दछ । घरमा हामी दुई मात्र छौँ, त्यसैले धेरै समस्या छैन तर घरमा वृद्ध अवस्थाका सदस्यहरु हुनेले चाहिँ बिल्कुल लापरबाही नगरौं।"

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको