Like us!
Follow us!
Connect us!
Watch us!

यी ६ वटा कम्पनी हकप्रद निष्कासनका लागि पाइपलाइनमा, कुनको कति कित्ता ?

अर्थ संसार

विहीबार, १३ कार्तिक २०७७, ११ : २५ मा प्रकाशित

यी ६ वटा कम्पनी हकप्रद निष्कासनका लागि पाइपलाइनमा, कुनको कति कित्ता ?

अर्थ संसार, काठमाडौँ - पछिल्लाे समय विभिन्न कम्पनीहरुले धमाधम हकप्रद शेयर निष्कासन गरिरहेका छन् । तोकिएको समयमा चुक्ता पूँजी पुर्याउनका लागि विभिन्न कम्पनीहरुले हकप्रद शेयर निष्कासन गर्न लागेका हुन् । 

हकप्रद शेयर निष्कासन तथा स्वीकृतिका लागि विभिन्न ६ वटा कम्पनी नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) मा पाइपलाइनमा रहेका छन् । 

सेबोनमा हकप्रद शेयर निष्कासन तथा स्वीकृतिका लागि पाइपलाइनमा रहेका कम्पनीहरू:

१. अरुण भ्याली हाइड्रोपावर कम्पनी लिमिटेड :

अरुण भ्याली हाइड्रोपावर कम्पनी लिमिटेडले १ बराबर १ को अनुपातमा हकप्रद शेयर निष्कासन गर्न असोज २१ गते बुधबार सेबाेनमा निवेदन पेश गरेकाे हाे । कम्पनीले ९९ करोड ८३ लाख २३ हजार २ सय रुपैयाँ बराबरको ९९ लाख ८३ हजार २ सय ३२ कित्ता हकप्रद निष्कासनको अनुमति मागेको हो । कम्पनीकाे उक्त हकप्रद शेयरमा निष्कासन तथा बिक्री प्रबन्धकको काम मुक्तिनाथ क्यापिटल लिमिटेडले गर्नेछ ।

२. नागरिक लगानी कोष :

नागरिक लगानी कोषले १:०८२८४ अर्थात एक कित्ता शेयर बराबर शुन्य दशमलव आठ दुई आठ चारको अनुपातमा हकप्रद शेयर निष्कासन गर्न भाद्र २२ गते, साेमबार सेबाेनमा निवेदन पेश गरेकाे हाे । काेषले १ अर्ब ३५ करोड ९२ लाख ५९ हजार २ सय रुपैयाँ बराबरको १ करोड ३५ लाख ९२ हजार ५ सय ९२ कित्ता हकप्रद निष्कासनको अनुमति मागेको हो । काेषकाे उक्त हकप्रद शेयरमा निष्कासन तथा बिक्री प्रबन्धकको काम आरबिबि मर्चेण्ट बैंकिङ्ग लिमिटेडले गर्नेछ ।

३. ङादी ग्रुप पावर कम्पनी लिमिटेड :

ङादी ग्रुप पावर कम्पनी लिमिटेडले १० बराबर ३ को अनुपातमा हकप्रद शेयर निष्कासन गर्न २०७५ साल पुस २३ गते सेबाेनमा निवेदन पेश गरेकाे हाे । कम्पनीले सय रुपैयाँ अंकित दरकाे १६ करोड ६ लाख ६६ हजार ४ सय ४० रुपैयाँ बराबरको १६ लाख ६ हजार ६ सय ६४ दशमलव ४० कित्ता हकप्रद निष्कासनको अनुमति मागेको हो । कम्पनीकाे उक्त हकप्रद शेयरमा निष्कासन तथा बिक्री प्रबन्धकको काम सिद्धार्थ क्यापिटल लिमिटेडले गर्नेछ ।

४. हाइड्रो इलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड :

हाइड्रो इलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेडले १ बराबर १ को अनुपातमा हकप्रद शेयर निष्कासन गर्न २०७६ साल असार ३१ गते सेबाेनमा निवेदन पेश गरेकाे हाे । कम्पनीले ११ करोड कित्ता हकप्रद निष्कासनको अनुमति मागेको हो । कम्पनीकाे उक्त हकप्रद शेयरमा निष्कासन तथा बिक्री प्रबन्धकको काम ग्लोबल आइएमई क्यापिटल लिमिटेडले गर्नेछ ।

५. बरुण हाइड्रोपावर कम्पनी लिमिटेड :

बरुण हाइड्रोपावर कम्पनी लिमिटेडले १ बराबर १ को अनुपातमा हकप्रद शेयर निष्कासन गर्न २०७५ साल जेठ २२ गते सेबाेनमा निवेदन पेश गरेकाे हाे । कम्पनीले २५ करोड ५१ लाख ५० हजार रुपैयाँ बराबरको २५ लाख ५१ हजार ५ सय कित्ता हकप्रद निष्कासनको अनुमति मागेको हो । कम्पनीकाे उक्त हकप्रद शेयरमा निष्कासन तथा बिक्री प्रबन्धकको काम एनआइबिएल एस क्यापिटल लिमिटेडले गर्नेछ ।

६. श्रीराम सुगर मिल्स :

श्रीराम सुगर मिल्स स्थायी रुपमा बन्द गरिने घाेषणा भइसक्दा पनि सेबाेनकाे हकप्रद निष्कासन गर्न पाइपलाइनमा रहेका कम्पनीहरूकाे तालिकाबाट भने यस कम्पनीकाे नाम हटेकाे छैन । कम्पनीले १ बराबर ३ को अनुपातमा हकप्रद शेयर निष्कासन गर्न २०७४ साल वैशाख २८ गते सेबाेनमा निवेदन पेश गरेकाे हाे । कम्पनीकाे उक्त हकप्रद शेयरमा निष्कासन तथा बिक्री प्रबन्धकको काम सिद्धार्थ क्यापिटल लिमिटेडले गर्नेछ ।  कम्पनीको हकप्रद निष्कासनको स्वीकृति प्रक्रिया प्राथमिक चरणमै रहको बोर्डकाे तथ्यांकमा उल्लेख छ । कम्पनीले हकप्रद निष्कासनका लागि पुरा गर्नुपर्ने मापदण्ड अनुसारका काजगपत्र बुझाई नसकेकाले लामो समयदेखि स्वीकृति पाउन नसकेको बोर्डले जनाएकाे छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको