Like us!
Follow us!
Connect us!
Watch us!

लाभांश पारित गर्ने प्रस्तावसहित सानिमा क्यापिटलले डाक्यो वार्षिक सभा

अर्थ संसार

शुक्रबार, १४ कार्तिक २०७७, १४ : १६ मा प्रकाशित

लाभांश पारित गर्ने प्रस्तावसहित सानिमा क्यापिटलले डाक्यो वार्षिक सभा

अर्थ संसार, काठमाडौँ - सानिमा क्यापिटल लिमिटेडले पाँचौं वार्षिक साधारण सभा आह्वान गरेकाे छ ।

कम्पनीकाे असाेज १८ गते आइतबार बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णयानुसार उक्त साधारण सभा कार्तिक २१ गते शुक्रबार, कम्पनीको रजिष्टर्ड कार्यालय पुतलीसडक, काठमाडौंमा अपरान्ह २ बजेबाट सुरू हुनेछ ।

सभामा कम्पनीकाे सञ्चालक समितिकाे तर्फबाट अध्यक्षद्वारा आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रतिवेदनबारे छलफल गरी पारित गरिनुका साथै कम्पनीकाे आर्थिक वर्ष २०७६/७७ काे लेखापरीक्षण प्रतिवेदन, वासलात, नाफा/नाेक्सान हिसाब र साेहि अवधिकाे नगद प्रवाह विवरण लगायतका वित्तिय विवरणहरू छलफल गरी पारित गरिनेछ । यस्तै सभाले  आर्थिक वर्ष २०७७/७८ को लागि लेखापरीक्षक नियुक्ती गरी निजको पारिश्रमिक पनि निर्धारण गर्नेछ ।

त्यसैगरी, सभामा सञ्चालक समितिले प्रस्ताव गरे बमाेजिम ८.५ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारीत गरिनेछ । 

कम्पनीले प्रकाशन गरेकाे सूचना हेर्नुहोस्:

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको