Like us!
Follow us!
Connect us!
Watch us!

राष्ट्र बैंकले २५ करोड २६ लाख रकम मुद्दती निक्षेपमा लगानी गर्ने

अर्थ संसार

शुक्रबार, १४ कार्तिक २०७७, १७ : ३१ मा प्रकाशित

राष्ट्र बैंकले २५ करोड २६ लाख रकम मुद्दती निक्षेपमा लगानी गर्ने

अर्थ संसार, काठमाडौँ -  नेपाल राष्ट्र बैंक लिमिटेडले विभिन्न कोषमा रहेको रकम मुद्दती निक्षेपमा लगानी गर्ने भएकाे छ । बैंकले बैंककाे विभिन्न कोषमा रहेको २५ करोड २६ लाख रुपैयाँ बराबरकाे रकम ३६५ दिनकाे लागि त्रैमासिक रूपमा व्याज भुक्तानी हुने गरी बैंक तथा वित्तीय संस्थाको मुद्दती निक्षेपमा लगानी गर्न लागेको हो  । 

बैंकले एक सूचना प्रकाशन गर्दै ‘क’ वर्गका वाणिज्य बैंकमा २० कराेड २१ लाख, ‘ख’ वर्गको विकास बैंकमा ३ करोड ७८ लाख रुपैयाँ र ‘ग’वर्गका राष्ट्रिय स्तरका वित्त कम्पनीहरुमा एक करोड २७ लाख रुपैयाँ लगानी गर्न लागेको जानकारी दिएको छ ।

त्यसैगरी, बैंक तथा वित्तीय संस्थाले कार्तिक १८ गते मंगलबार दिउँसो २ बजेभित्र आफूले लिन चाहेको रकम तथा उक्त रकमका लागि प्रस्ताव गरिएको ब्याजदर समेत खुलाएर राष्ट्र बैंकमा पेश गर्नुपर्नेछ ।

बैंकले प्रकाशन गरेकाे सूचना हेर्नुहोस्:-

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको