Like us!
Follow us!
Connect us!
Watch us!

नेपाल एसबिआई मर्चेन्टले बोलायो साधारणसभा, यस्ता छन् मुख्य एजेण्डा

अर्थ संसार

सोमबार, १७ कार्तिक २०७७, ०७ : ५० मा प्रकाशित

नेपाल एसबिआई मर्चेन्टले बोलायो साधारणसभा, यस्ता छन् मुख्य एजेण्डा

अर्थ संसार, काठमाडौं - नेपाल एसबिआई मर्चेन्ट बैंकिङ्ग लिमिटेडले पाँचौं वार्षिक साधारणसभा आह्वान गरेको छ ।  

कम्पनीको कार्तिक २ गते बसेको संचालक समितिको बैठकको निर्णयानुसार उक्त सभा कार्तिक २७ गते बिहिबार नेपाल एसबिआई बैंक लिमिटेड केन्द्रिय कार्यालयको सभाहल, केशरमहल, काठमाडौं बिहान ११ बजे सुरु हुनेछ । 

सभामा आर्थिक वर्ष २०७६/७७ का लागि संचालक समितिको प्रतिवेदन उपर छलफल गरी पारित गरिनेछ भने सोहि अवधिको आर्थिक विवरणहरुमाथि छलफल गरी पारित गरिनेछ ।  
यस्तै आर्थिक वर्ष २०७७/७८ का लागि लेखा परीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गरिनेछ । 

कम्पनीले प्रकाशन गरेको सूचना हेर्नुहोस्:-

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको