अर्थ संसार, काठमाडौं - सानिमा जनरल इन्स्योरेन्स कम्प्नी लिमिटेडको सेयर कारोबार बुधबार अर्थात आजदेखि नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा कारोबार शुरु भएको छ ।
कारोबार सुरु भएपनि नेप्सेमा अडर बिक्री भने देखिदैन । तर, कम्पनीको शेयर कारोबारमा बृद्धि भएको देखिएको छ । यस कम्पनीको पहिलो कारोबार ३११ रुपैयाँमा खुला भएको हो । यो समाचार तयार पार्दासम्म ३३५रुपैयाँमा कारोबार भइरहेको छ । नेप्सेका किन्ने र बेच्ने अडर देखिदैन । भित्रभित्रै सेयर कारोबार भैरहेको छर्लाङ्ग हुन्छ ।
मंगलबार कम्पनीको १ करोड कित्ता साधारण शेयर (आइपिओ) धितोपत्र सूचीकरण विनियमावली, २०७५ बमोजिम नेप्सेमा कारोबार हुन सक्ने गरी सूचीकृत भएको थियो ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस