Like us!
Follow us!
Connect us!
Watch us!

हालसम्मकै ठूलो आइपिओ ल्याउन लागेको नेपाल इन्फ्रास्ट्रक्चर बैंकको साधारणसभा कहिले ?

अर्थ संसार

बुधबार, १९ कार्तिक २०७७, १८ : २२ मा प्रकाशित

हालसम्मकै ठूलो आइपिओ ल्याउन लागेको नेपाल इन्फ्रास्ट्रक्चर बैंकको साधारणसभा कहिले ?

अर्थ संसार, काठमाडौँ - नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडले दोस्रो वार्षिक साधारण सभा आह्वान गरेकाे छ ।  

कार्तिक २ गते, आइतबार बसेकाे बैंककाे सञ्चालक समितिकाे बैठकको निर्णयानुसार उक्त सभा मंसिर ३ गते, बुधबार, बैंकको रजिष्टर्ड कार्यालय बानेश्वर, काठमाडौंमा अपरान्ह ४ बजेबाट सुरु हुनेछ ।

सभाको विशेष प्रस्ताव अन्तर्गत बैंकले निष्कासन गर्न लागेकाे साधारण शेयर (आइपिओ) काे बारेमा छलफल गरी पारित गरिनेछ । बैंकले हालसम्मकै ठूलो ८ अर्ब रुपैयाँ बराबरको ८ करोड कित्ता साधारण शेयर (आइपिओ) निष्कासन गर्न लागेकाे हाे । 

त्यसैगरी सभामा बैंककाे सञ्चालक समितिकाे तर्फबाट अध्यक्षद्वारा आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रतिवेदनबारे छलफल गरी पारित गरिनेछ भने बैंककाे २०७७ असार मसान्तकाे लेखापरीक्षण प्रतिवेदन, वासलात, नाफा नाेक्सान हिसाब र साेहि अवधिकाे नगद प्रवाह विवरण लगायतका वित्तिय विवरणहरू छलफल गरी पारित गरिनेछ । 

यस्तै सभामा आर्थिक वर्ष २०७७/७८ को लागि लेखापरीक्षक नियुक्ती गरी निजको पारिश्रमिक पनि निर्धारण गरिनेछ ।

बैंकले प्रकाशन गरेकाे सूचना हेर्नुहोस्:

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको