अर्थ संसार, काठमाडौं– नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा यस साता ४ वटा कम्पनीको २ करोड १४ लाख भन्दा बढी कित्ता सेयर सूचिकृत भएको छ । नेप्सेको अनुसार हिमालयन जनरल इन्स्योरेन्स कम्पनी लिमिटेड, गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड, तिनाउ मिसन डेभलपमेन्ट बैंक लिमिटेड र सानिमा जनरल इन्स्योरेन्सको सेयर सूचिकृत भएको छ ।
कुन कम्पनीको कति कित्ता ?
हिमालयन जनरल इन्स्योरेन्स कम्पनी
हिमालयन जनरल इन्स्योरेन्स कम्पनीको बोनस सेयर यस साता नेप्सेमा सूचिकृत भएको छ । कम्पनीको ४ लाख १० हजार ८८० कित्ता सेयर सूचिकृत भएको हो ।
गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड
यस कम्पनीको ९३ लाख ८५ हजार २ सय कित्ता हकप्रद सेयर नेप्सेमा सूचिकृत भएको छ ।
मिसन डेभलपमेन्ट बैंक लिमिटेड
यस बैंकको १३ लाख ७३ हजार १.७५ कित्ता सेयर नेप्सेमा सूचिकृत भएको छ ।
सानिमा जनरल इन्स्योरेन्स
सानिमा जनरल इन्स्योरेन्स कम्पनीको १ करोड कित्ता सेयर यस साता नेप्सेमा सूचिकृत भएको छ ।
लगानी गरेका ६८ कम्पनी डुबे, म सधैं नाफामाः पुराना सेयर खेलाडी डमरूबल्लभकाे अनुभव । Damaru Ghimire
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस