Like us!
Follow us!
Connect us!
Watch us!

मल्टिपर्पस फिनांसले बोलायो वार्षिक सभा, बुक क्लोज कहिले ?

अर्थ संसार

आइतबार, २३ कार्तिक २०७७, ०९ : ३७ मा प्रकाशित

मल्टिपर्पस फिनांसले बोलायो वार्षिक सभा, बुक क्लोज कहिले ?

अर्थ संसार, काठमाडौं - मल्टिपर्पस फिनांस कम्पनी लिमिटेडले २२औं वार्षिक साधारणसभा आह्वान गरेको छ । संस्थाको कार्तिक २७ गते बसेको संचालक समितिको बैठकको निर्णयानुसार उक्त सभा मङ्सिर १९ गते संस्थाको केन्द्रिय कार्यालय, राजविराज, सप्तरीमा बिहान ११ बजेदेखि सुरु हुनेछ ।

संस्थाले साधारणसभा प्रयोजनको लागि मङ्सिर ११ गतेदेखि बुक क्लोज गर्दैछ त्यसैले मङ्सिर १० गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले मात्र साधारणसभामा भाग लिन सक्नेछन् ।

त्यसैगरी सभामा आर्थिक वर्ष २०७५/७६ को २२औं वार्षिक साधारण सभाको लागि संचालक समितिको प्रतिवेदन उपर छल;अफल गरी पारीत गरिनेछ ।

लेखा परीक्षकको प्रतिवेदनसहित २०७६ आषाढ मसान्तको वासलात, नाफा-नोक्सान हिसाब र सोहि अवधिको नगद प्रवाह विवरण लगायत सम्पूर्ण वित्तीय विवरणहरु उपर छलफल गरी पारित गरिनेछ ।

यसैगरी आर्थिक वर्ष २०७६/७७ को लागि लेखा परीक्षकको नियुक्ति गरी निजको पारिश्रमिक पनि निर्धारण गरिनेछ ।

संस्थाले प्रकाशन गरेको सूचना हेर्नुहोस्:

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको