Like us!
Follow us!
Connect us!
Watch us!

लगानी गर्ने होइन हाइड्रोपावरमा ? २७ गतेदेखि युनाईटेड इदी–मर्दीको आइपिओ निश्कासन हुँदै (सम्पूर्ण जानकारी)

अर्थ संसार

सोमबार, २४ कार्तिक २०७७, १६ : ४४ मा प्रकाशित

अर्थ संसार, काठमाडौं-युनाईटेड इदी-मर्दी एण्ड आरबि हाइड्रोपावर लिमिटेडले सर्वसाधारण सेयर (आइपिओ) जारी गर्ने भएको छ । कम्पनीले यही कात्तिक २७ गतेबाट कम्पनीले दोस्रो चरणमा ८ लाख ७३ हजार ९१० कित्ता साधारण शेयर निष्काशन गर्न लागेको हो।

यसअघि कम्पनीले पहिलो चरणमा उद्योग प्रभावित क्षेत्र कास्की जिल्लाका आयोजना प्रभावित स्थानीय बासिन्दाहरुकाको लागि ४ लाख २० हजार कित्ता आईपीओ बिक्री गरेको थियो। सोमध्ये बिक्री नभएको २ लाख ४३ हजार ९१० कित्ता सहित कम्पनीले सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्न लागेको हो।

निष्काशन गरिने कुल शेयरमध्ये ४३ हजार ६९६ कित्ता शेयर सामूहिक लगानी कोषहरुमा बाँडफाँट गरिएको छ भने १७ हजार ४७८ कित्ता कर्मचारीहरुका लागि छुट्याइएको छ। सर्वसाधारण लगानीकर्ताले बाँकी ८ लाख १२ हजार ७३६ कित्ता शेयरका लागि आवेदन दिन सक्नेछन्।

कहिलेसम्म आवेदन दिने ?

कम्पनीले निष्काशन गर्न लागेको आइपीओमा सर्वसाधारणले छिटोमा कात्तिक २७ गतेदेखि मंसिर ३ गतेसम्म आवेदन दिन सक्नेछन् भने सो अवधिमा सबै शेयर बिक्री नभए ढिलोमा मंसिर ११ गतेसम्म आवेदन दिन पाइने व्यवस्था छ । आइपिओमा सर्वसाधारणले न्युनतम १० कित्तादेखि १० हजार कित्तासम्मको लागि आवेदन दिन सक्नेछन्।

कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ। सार्वजनिक निष्काशन गर्नका लागि गराइएको क्रेडिट रेटिङ्गमा केयर रेटिङ्ग नेपालले कम्पनीलाई ‘केयर एनपी डबल बी प्लस (आइएस)’ रेटिङ्ग प्राप्त गरेको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको