Like us!
Follow us!
Connect us!
Watch us!

लक्ष्मी क्यापिटलले बोलायो वार्षिक सभा, के-के छन् प्रमुख एजेण्डा ?

अर्थ संसार

मंगलबार, २५ कार्तिक २०७७, ०८ : ४२ मा प्रकाशित

लक्ष्मी क्यापिटलले बोलायो वार्षिक सभा, के-के छन् प्रमुख एजेण्डा ?

अर्थ संसार, काठमाडौं - लक्ष्मी क्यापिटल मार्केट लिमिटेडले बाह्रौँ वार्षिक साधारणसभा आह्वान गरेको छ  । 

कम्पनीको कार्तिक २० गते बिहिबार बसेको संचालक समितिको ६१ औं बैठकको निर्णयानुसार उक्त सभा मङ्सिर १५ गते कम्पनीको प्रधान कार्यालय, नयाँ बानेश्वर, काठमाडौंमा भिडियो कन्फरेन्सको माध्यमबाट दिउँसो ४ बजे सुरु हुनेछ  ।

सभामा संचालक समितिको प्रतिवेदनमाथि छलफल गरी पारीत गरिनेछ  । त्यसैगरी लेखा परीक्षकको प्रतिवेदनसहितको २०७७ आषाढ मसान्तको वासलात तथा सोहि मितिमा समाप्त आर्थिक वर्ष २०७६/७७ को नाफा/नोक्सान हिसाव तथा नगद प्रवाह विवरण र सम्बन्धित अनुसूचीहरु छलफल गरी स्वीकृत गरिनुका साथै आर्थिक वर्ष २०७७/७८ को लागि लेखा परीक्षक नियुक्ति गर्ने तथा निजको पारिश्रमिक निर्धारण पनि गरिनेछ  ।

यस्तै सभामा संचालक समितिले पारित गरे अनुसार आर्थिक वर्ष २०७६/७७ को संचित मुनाफाबाट शेयरधनीहरुलाई कर सहित २ करोड २ लाख ५० हजार बराबरको नगद लाभांश पारित गरिनेछ  । 

कम्पनीले प्रकाशन गरेको सूचना हेर्नुहोस्:-


 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको