Like us!
Follow us!
Connect us!
Watch us!

अग्रज बहुउद्देश्यीय सहकारी संस्थाको वार्षिक सभा कहाँ र कहिले ?

अर्थ संसार

मंगलबार, २५ कार्तिक २०७७, ११ : २३ मा प्रकाशित

अग्रज बहुउद्देश्यीय सहकारी संस्थाको वार्षिक सभा कहाँ र कहिले ?

अर्थ संसार, काठमाडौं - अग्रज बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले बाह्रौँ वार्षिक साधारणसभा आह्वान गरेको छ  ।  

संस्थाको कार्तिक २१ गते बसेको संचालक समितिको बैठकले गरेको निर्णयानुसार  उक्त सभा मङ्सिर १३ गते शनिबार संस्थाको कार्यालय डल्लु आवास काठमाडौंमा बिहान ९ बजेदेखि दिउँसो ४ बजेसम्म हुनेछ  । 

सभामा संचालक समितिको तर्फबाट पेश हुने आर्थिक वर्ष ७६/७७ को वार्षिक प्रतिवेदन र आर्थिक वर्ष २०७७/७८ को नीति तथा कार्यक्रमा एवं बजेट पारित गरिनेछ  । 

त्यसैगरी, आर्थिक वर्ष २०७६/७७को वासलात, नाफा-नोक्सान बाँडफाँड एवं नगद प्रवाह सहितको लेखा परिक्षण प्रतिवेदन पारित गरिनुका साथै सोहि अवधिको लेखा सुपरिवेक्षण समितिको वार्षिक प्रतिवेदन पारित गरिनेछ  । 

यस्तै, २०७७/७८ को लागि लेखा परीक्षकको नियुक्ति गर्ने र निजको पारिश्रमिक पनि निर्धारण गरिनेछ  । 

संस्थाले प्रकाशन गरेको सूचना हेर्नुहोस्:-

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको