Like us!
Follow us!
Connect us!
Watch us!

फरवार्ड माइक्रोफाइनान्सको संस्थापक शेयर लिलामीमा !

अर्थ संसार

विहीबार, २७ कार्तिक २०७७, १३ : ४९ मा प्रकाशित

फरवार्ड माइक्रोफाइनान्सको संस्थापक शेयर लिलामीमा !

अर्थ संसार, काठमाडौँ - आरएमडिसी लघुवित्त वित्तीय संस्था लिमिटेडको स्वामित्वमा रहेको फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तिय संस्था लिमिटेडले संस्थापक समूहकाे शेयर बिक्री गर्ने भएकाे छ । संस्थाले ३ लाख ७५ हजार ३ सय ७ दशमलव ५७ कित्ता शेयर प्रति कित्ता न्यूनतम मूल्य ९ सय ५३ रूपैयाँ ३६ पैसामा लिलाम बढाबढ गरी बिक्री गर्ने भएकाे हाे ।

उक्त शेयर खरीद गर्न योग्य इच्छुक संस्थापक शेयरधनी वा जो कोहि व्यक्ति, संस्थाहरुले मंसिर ४ गतेदेखि पुष ८ गतेसम्म बिक्री प्रबन्धक एनआइबिएल एस क्यापिटल लिमिटेड, लाजिम्पाट, काठमाडाैँमा आइपुग्ने गरि आवेदन पेश गर्न सक्नेछन् ।

इच्छुक जो कोहिले न्युनतम एक हजार कित्ता र अधिकतम सबै कित्ताको लागि आवेदन दिन सक्नेछन् ।

संस्थाले प्रकाशन गरेकाे सूचना हेर्नुहोस्:

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको