Like us!
Follow us!
Connect us!
Watch us!

हालसम्मकै ठूलो आइपिओ ल्याउन लागेको नेपाल इन्फ्रास्ट्रक्चर बैंकको वित्तीय अवस्था कस्तो छ ?

अर्थ संसार

विहीबार, २७ कार्तिक २०७७, १४ : १० मा प्रकाशित

हालसम्मकै ठूलो आइपिओ ल्याउन लागेको नेपाल इन्फ्रास्ट्रक्चर बैंकको वित्तीय अवस्था कस्तो छ ?


अर्थ संसार, काठमाडौँ - हालसम्मकै ठूलो (८ अर्ब रुपैयाँ बराबरको ८ करोड कित्ता) साधारण शेयर (आईपीओ) निष्काशन गर्न लागेको नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडले चालु आर्थिक वर्षको पहिलाे त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । 

बैंकको बिहीबार सार्वजनिक प्रथम त्रैमास वित्तीय विवरणअनुसार चालु आर्थिक वर्षको पहिलो त्रैमासमा बैंकले १८ करोड १ लाख १३ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत आर्थिक वर्षकाे यसै अवधिमा बैंकले २० करोड ५६ लाख ७ हजार रुपैयाँ खुद नाफा आर्जन गरेकाे थियो । अघिल्लो आर्थिक वर्षको तुलनामा यस वर्ष बैंकको नाफा १२.३९ प्रतिशतले घटेको छ  ।  
त्यसैगरी पहिलो त्रैमासमा बैंककाे खुद व्याज आम्दानी ९.२४ प्रतिशतले घटेर २८ करोड ३५ लाख ८५ हजार रुपैयाँमा आएको छ । त्यसैगरी, असाेज मसान्तसम्ममा बैंककाे सञ्चालन मुनाफा पनि ११.८९ प्रतिशतले घटेर २५ करोड ७६ लाख ४२ हजार रुपैयाँमा सीमित भएको छ । 

त्यस्तै, बैंककाे चुक्ता पूँजी १२ अर्ब रुपैयाँ, जगेडा कोषमा १ अर्ब ८१ करोड ४७ लाख रुपैयाँ र प्रतिशेयर आम्दानी ६ रुपैयाँ रहेकाे छ । 

बैंक​ले सार्वजनिक गरेको वित्तीय विवरण हेर्नुहोस्:


 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको