Like us!
Follow us!
Connect us!
Watch us!

युनाईटेड इदी–मर्दीको आइपिओमा आवेदनको ओइरो, पहिलो दिनमै पर्याे मागभन्दा धेरै आवेदन !

अर्थ संसार

बुधबार, ०३ मंसिर २०७७, १७ : ५७ मा प्रकाशित

युनाईटेड इदी–मर्दीको आइपिओमा आवेदनको ओइरो, पहिलो दिनमै पर्याे मागभन्दा धेरै आवेदन !

अर्थ संसार, काठमाडौं - युनाईटेड इदी–मर्दी एण्ड आरबि हाइड्रोपावर लिमिटेडले साधारण शेयर (आइपिओ) निष्कासन गरेकाे आज पहिलाे दिनमै आवेदनको ओइरो लागेको छ । 

निष्कासन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेडका अनुसार आज पहिले दिनमै मागभन्दा धेरै आवेदन परेको हो । आज बेलुका ४:३० बजेसम्ममा ५२ हजार ८ सय ८१ जना आवेदकले ११ करोड ३८ लाख २६ हजार रुपैयाँ बराबरको ११ लाख ३८ हजार २ सय ६० कित्ताका लागि आवेदन दिएका छन् ।

कम्पनीले आज (मंसिर ३ गते, बुधबार) बाट सर्वसाधारणका लागि ८ लाख ७३ हजार ९ सय १० कित्ता  साधारण शेयर (आइपिओ) निष्कासन तथा बिक्री खुल्ला गरेकाे हाे । कम्पनीले पहिलाे चरणमा बिक्री नभएकाे २ लाख ४३ हजार ९ सय १० कित्ता समेत जाेडेर  ८ लाख ७३ हजार ९ सय १० कित्ता साधारण शेयर (आइपिओ) निष्कासन गरेको हाे । जसमध्ये ४३ हजार ६९६ कित्ता शेयर सामूहिक लगानी कोषका लागि, १७ हजार ४ सय ७८ कित्ता कर्मचारीहरुका लागि र बाँकी ८ लाख १२ हजार ७ सय ३६ कित्ता सर्वसाधारणहरुका लागि निष्कासन गरिएकाे हो । 

लगानीकर्ताले न्युनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्मको लागि आवेदन दिन सक्नेछन् । कम्पनीकाे उक्त साधारण शेयर सार्वजनिक गर्न निष्कासन तथा बिक्री प्रबन्धकको काम ग्लोबल आइएमई क्यापिटल लिमिटेडले गरेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको