Like us!
Follow us!
Connect us!
Watch us!

युनाईटेड इदी–मर्दीको आइपिओको तेस्रो दिनसम्म कति पर्यो आवेदन ? यस्तो छ पछिल्लो अपडेट

अर्थ संसार

शुक्रबार, ०५ मंसिर २०७७, १७ : ४० मा प्रकाशित

युनाईटेड इदी–मर्दीको आइपिओको तेस्रो दिनसम्म कति पर्यो आवेदन ?  यस्तो छ पछिल्लो अपडेट

अर्थ संसार, काठमाडौं - युनाईटेड इदी–मर्दी एण्ड आरबि हाइड्रोपावर लिमिटेडले साधारण शेयर (आइपिओ)मा आज (शुक्रबार) सम्म ३ लाख ५४ हजार ५ सय ८१ जनाको आवेदन परेको छ । 

निष्कासन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेडका अनुसार निष्काशन गरिएको तेस्रो दिन आजसम्ममा ३ लाख ५४ हजार ५ सय ८१ आवेदकले ६६ करोड १२ लाख १६ हजार रुपैयाँ बराबरको ६६ लाख १२ हजार १ सय ६० कित्ताका लागि आवेदन दिएका छन् । जुन माग गरिएकोभन्दा ७ गुणा धेरै हो  ।

कम्पनीले मंसिर ३ गते, बुधबारबाट सर्वसाधारणका लागि ८ लाख ७३ हजार ९ सय १० कित्ता  साधारण शेयर (आइपिओ) निष्कासन तथा बिक्री खुल्ला गरेकाे हाे । कम्पनीले पहिलाे चरणमा बिक्री नभएकाे २ लाख ४३ हजार ९ सय १० कित्ता समेत जाेडेर  ८ लाख ७३ हजार ९ सय १० कित्ता साधारण शेयर (आइपिओ) निष्कासन गरेको हाे । जसमध्ये ४३ हजार ६९६ कित्ता शेयर सामूहिक लगानी कोषका लागि, १७ हजार ४ सय ७८ कित्ता कर्मचारीहरुका लागि र बाँकी ८ लाख १२ हजार ७ सय ३६ कित्ता सर्वसाधारणहरुका लागि निष्कासन गरिएकाे हो । 

लगानीकर्ताले न्युनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्मको लागि आवेदन दिन सक्नेछन् । लगानीकर्ताले उक्त आइपिओमा मंसिर ३ गतेदेखि र मंसिर ११ गतेसम्म आवेदन दिन सक्नेछन् ।  कम्पनीकाे उक्त साधारण शेयर सार्वजनिक गर्न निष्कासन तथा बिक्री प्रबन्धकको काम ग्लोबल आइएमई क्यापिटल लिमिटेडले गरेको छ ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको