Like us!
Follow us!
Connect us!
Watch us!

सामलिङ्ग पावरको आइपिओ छिनोफानो मंसिर २५ गते !

अर्थ संसार

विहीबार, ०४ मंसिर २०७७, १२ : २४ मा प्रकाशित

सामलिङ्ग पावरको आइपिओ छिनोफानो मंसिर २५ गते !

अर्थ संसार, काठमाडौँ - सामलिङ्ग पावर कम्पनी लिमिटेडकाे आइपिओ छिनोफानो मंसिर २५ गते बिहीबार हुने भएकाे छ । कम्पनीले मंसिर २५ गते बिहीबार, कम्पनीकाे रजिष्टर्ड कार्यालय, सानेपा, काठमाडाैँमा बिहान ११ बजेबाट भर्चुअल माध्यममार्फत् दाेश्राे वार्षिक साधारण सभा गर्दैछ ।

सभामा कम्पनीले निष्कासन गर्न लागेकाे साधारण शेयर (आइपिओ) सम्बन्धी कार्यहरु अनुमोदन गरिनेछ । कम्पनीले प्रति शेयर एक सय रूपैयाँ अंकित दरको १२ करोड ३० लाख रूपैयाँ बराबरकाे १२ लाख ३० हजार कित्ता साधारण शेयर (आइपिओ) निष्कासन गर्न लागेकाे हाे ।

त्यसैगरी, कम्पनीले साधारण शेयर (आइपिओ) निष्कासन गर्न प्रत्याभूतिकर्तामा एनआईबिएल एस क्यापिटल लिमिटेड र निष्कासन तथा बिक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेण्ट बैकिङ्ग लिमिटेडलाई नियुक्त गरिसकेकाे छ । 

कम्पनी​ले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

5fb602d23e0e3.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको