Like us!
Follow us!
Connect us!
Watch us!

आइपिओ पश्चात सानिमा जनरल इन्स्योरेन्सको प्रगति : नाफा ११०% वृद्धि हुँदा अधिकांश सूचकमा चमक !

अर्थ संसार

विहीबार, ०४ मंसिर २०७७, १२ : ५८ मा प्रकाशित

आइपिओ पश्चात सानिमा जनरल इन्स्योरेन्सको प्रगति : नाफा ११०% वृद्धि हुँदा अधिकांश सूचकमा चमक !

अर्थ संसार, काठमाडौँ - सानिमा जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडले आइपिओ निष्कासन पश्चात राम्रै प्रगति गरेकाे देखिन्छ । कम्पनीले आज चालु आर्थिक वर्ष २०७७/७८ को पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त विवरण अनुसार नाफासँगै कम्पनीकाे अधिकांश सूचकमा चमक देखिएकाे छ ।

उक्त विवरण अनुसार कम्पनीले पहिलो त्रैमासमा एक कराेड ५६ लाख ६७ हजार रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएकाे छ । उक्त नाफा रकम गत आर्थिक वर्षकाे यसै अवधिकाे तुलनामा १०९.९९ प्रतिशतले धेरै हाे । गत वर्षको यही अवधीमा कम्पनीले ७४ लाख ६३ हजार रुपैयाँ मात्र खुद नाफा आर्जन गरेकाे थियाे ।

यसैगरी, पहिलो त्रैमासमा कम्पनीले ३ करोड ६१ लाख रुपैयाँ खुद बिमा शुल्क आम्दानी गरेकाे छ । उक्त रकम गत आर्थिक वर्षकाे तुलनामा १३ लाख ९ हजार रुपैयाँले धेरै हाे । गत वर्षकाे यही अवधीमा कम्पनीले ३ करोड ४८ लाख  रुपैयाँ खुद बिमा शुल्क आर्जन गरेकाे थियाे ।

त्यस्तै, कम्पनीकाे चुक्ता पूँजी एक अर्ब रुपैयाँ, जगेडा कोषमा ५ करोड ६४ लाख र बीमा कोषमा ६ करोड ३९ लाख रुपैयाँ रहेकाे छ । कम्पनीकाे प्रतिशेयर आम्दानी ८ रुपैयाँ ९५ पैसा र प्रतिशेयर नेटवर्थ ११८ रुपैयाँ १२ पैसा रहेको छ ।

कम्पनीले प्रकाशन गरेकाे वित्तीय विवरण यस प्रकारकाे छ :

5fb615c3b2827.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको