Like us!
Follow us!
Connect us!
Watch us!

१०.९१ प्रतिशतले बढ्यो सगरमाथा इन्स्योरेन्सको नाफा, यस्ता छन् अरू सूचक ! (सूचिसहित)

अर्थ संसार

विहीबार, ०४ मंसिर २०७७, १४ : ०६ मा प्रकाशित

१०.९१ प्रतिशतले बढ्यो सगरमाथा इन्स्योरेन्सको नाफा, यस्ता छन् अरू सूचक ! (सूचिसहित)

अर्थ संसार, काठमाडौँ -  सगरमाथा इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्ष २०७७/७८ को पहिलो त्रैमाससम्ममा ५ करोड ५६ लाख ४९ हजार रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएकाे कम्पनीले आज प्रकाशन गरेकाे वित्तीय विवरणमा उल्लेख छ ।

उक्त नाफा रकम गत आर्थिक वर्षकाे यसै अवधिकाे तुलनामा १०.९१ प्रतिशतले धेरै हाे । गत वर्षको यही अवधीमा कम्पनीले ५ करोड एक लाख ७२ हजार रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएकाे थियाे ।

यसैगरी, पहिलो त्रैमासमा कम्पनीले ३५ करोड ८१ लाख ३४ हजार रुपैयाँ खुद बिमा शुल्क आम्दानी गरेकाे छ । उक्त रकम गत आर्थिक वर्षकाे तुलनामा १०.२२ प्रतिशतले धेरै हाे । गत वर्षकाे यही अवधीमा कम्पनीले ३२ करोड ४९ लाख २३ हजार रुपैयाँ खुद बिमा शुल्क आर्जन गरेकाे थियाे । कम्पनीकाे जीवन बिमा कोषको आकार पनि बढेर ६५ करोड ९२ लाख ६० हजार रुपैयाँ पुगेको छ । गत वर्षकाे यही अवधीमा कम्पनीकाे जीवन बिमा कोषमा ४८ करोड ८७ लाख ९१ हजार रुपैयाँ थियाे ।

त्यसैगरी, कम्पनीकाे चुक्ता पूँजी एक अर्ब १२ लाख २३ हजार रुपैयाँ, जगेडा कोषमा ५५ करोड २० लाख ७५ हजार रूपैयाँ, प्रतिशेयर आम्दानी २२ रुपैयाँ २३ पैसा र प्रतिशेयर नेटवर्थ २३४ रुपैयाँ ४४ पैसा रहेको छ ।

कम्पनीले प्रकाशन गरेकाे वित्तीय विवरण यस प्रकारकाे छ :

5fb620249ee70.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको