Like us!
Follow us!
Connect us!
Watch us!

एनआइसी एशिया क्यापिटलले पनि ल्याउने भयाे खुल्लामुखी म्युचुअल फन्ड

अर्थ संसार

शुक्रबार, ०५ मंसिर २०७७, ०८ : ०४ मा प्रकाशित

एनआइसी एशिया क्यापिटलले पनि ल्याउने भयाे खुल्लामुखी म्युचुअल फन्ड

अर्थ संसार, काठमाडौँ - एनआइसी एशिया क्यापिटलले धिताेपत्र बाेर्डबाट खुल्लामुखी म्युचुअल फन्ड निस्कासनकाे अनुमति पाएकाे छ ।

एनआइसी एशिया क्यापिटलकाे याे तेस्राे याेजना हाे । कम्पनीले यसलाई एनआइसी एशिया डाइनामिक डेविट म्युचुअल फण्ड नाम दिएकाे छ । उक्त फन्ड ५० कराेडकाे हुनेछ । धिताेपत्र बाेर्डले पहिलाे चरणमा कम्पनीलाई १ कराेड २५ लाख इकाइ (१२ कराेड ५० लाख बराबर) निस्कासन गर्न अनुमति दिएकाे हाे । 

यसअघि एनआइसी ग्राेथ फन्ड (एनआइसीजिएफ) र एनआइसी ब्यालेन्स फन्ड (एनआइसीबिएफ) याेजना संचालन गरिरहेकाे छ । कम्पनीले पहिलाे एनआइसीजिएफ याेजनामा यसअघि क्रमशः १० र १२ प्रतिशत लाभांश वितरण गरेकाे थियाे भने दाेस्राे याेजनामा ९ महिनामै ८ प्रतिशत लाभांश वितरण गरेकाे थियाे ।
बजारमा अहिले अधिकांश बन्दमुखी याेजनामात्र छन् । नेपाल इन्भेष्टमेन्ट बैंकले मात्र एनआइइबिएल सहभागीता फन्ड संचालनमा ल्याएकाे छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको