Like us!
Follow us!
Connect us!
Watch us!

माउन्टेनको इनर्जीको आइपिओमा कति पर्यो आवेदन ? यसो भन्छ  बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट

अर्थ संसार

शुक्रबार, ०५ मंसिर २०७७, १४ : १५ मा प्रकाशित

माउन्टेनको इनर्जीको आइपिओमा कति पर्यो आवेदन ? यसो भन्छ  बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट

अर्थ संसार, काठमाडौं– माउन्टेन इनर्जीले निश्कासन गरेको साधारण सेयर (आइपिओ) मा माग भन्दा ७.६१ गुणा धेरैको आवेदन परेको छ । 

निष्काशन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ्गका अनुसार अन्तिम दिन बिहीबारसम्ममा १ अर्ब ३९ करोड ४४ लाख ४१ हजार रुपैयाँ बराबरको १ करोड ३९ लाख ४४ हजार ४१० कित्ता शेयर माग भएको हो ।आईपीओामा ६ लाख ७४ हजार जना आवेदकले आवेदन दिएका छन् ।जुन सर्वसाधारणबाट माग गरिएको १८ लाख ३० हजार २६५ कित्ताको ७,६१ गुणा धेरै हो ।

धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका २०७४ अनुसार यस आईपीओमा १ लाख ८३ हजार २६ जना आवेदकले मात्र गोलाप्रथाबाट १० कित्ताका दरले शेयर पाउनेछन् । जुन कूल आवेदक जनाको २८ प्रतिशत मात्र हो । बाँकी ७२ प्रतिशत आवेदकको हात खाली हुनेछ ।


माउन्टेन इनर्जीले कार्तिक २६ देखि मंसिर ३ गतेसम्म  आइपिओ  सर्वसाधारणका लागि निष्कासन तथा बिक्री खुल्ला गरेको  गरेको थियो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको