अर्थ संसार, काठमाडौं – माउन्टेन इनर्जी नेपाल लिमिटेडले सातौं वार्षिक साधारण सभा आह्वान गरेकाे छ ।
कम्पनीकाे पाैष ३ गते, शुक्रबार बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार कम्पनीको उक्त सभा पाैष २७ गते साेमबार आम्रपाली ब्याङ्क्वेट, भाटभटेनी, काठमाडौंमा बिहान ११ बजेबाट भर्चुअल माध्यममार्फत सञ्चालन हुनेछ ।
त्यसैगरी, कम्पनीले साधारण सभा प्रयाेजनका लागि पाैष १७ गते एक दिन बुकक्लाेज गर्ने निर्णय गरेको छ । त्यसैले, पाैष १६ गतेसम्म नेप्सेमा काराेबार भइ कायम शेयरधनीले मात्र साधारण सभामा भाग लिन सक्नेछन् ।
कम्पनीले प्रकाशन गरेकाे सूचना हेर्नुहोस्:-
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस