Like us!
Follow us!
Connect us!
Watch us!

१३३.९५ प्रतिशतले बढ्यो माउन्टेन इनर्जीको खुद नाफा, १ अर्ब ३० करोड आम्दानी

अर्थ संसार

बुधबार, २८ साउन २०८२, १० : ३४ मा प्रकाशित

१३३.९५ प्रतिशतले बढ्यो माउन्टेन इनर्जीको खुद नाफा, १ अर्ब ३० करोड आम्दानी

माउन्टेन इनर्जी नेपाल लिमिटेडले आर्थिक वर्ष २०८१/८२ मा ६२ करोड ९० लाख ७५ हजार रुपैयाँ खुद नाफा कमाएको छ,जुन अघिल्लो वर्षको तुलनामा १३३.९५ प्रतिशतले बढी हो। अघिल्लो आर्थिक वर्षको यसै अवधिमा कम्पनीको खुद नाफा २६ करोड ८९ लाख रुपैयाँ थियो।

३३.९२ प्रतिशतले बढ्यो ​विद्युत बिक्री आम्दानी 

कम्पनीले विद्युत बिक्रीबाट १ अर्ब ३० करोड ७२ लाख रुपैयाँ आम्दानी गरेको छ। जुन अघिल्लो आर्थिक वर्षको यसै अवधिको तुलनामा ३३.९२ प्रतिशत बढी हो। अघिल्लो आर्थिक वर्षको यसै अवधिमा कम्पनीको विद्युत बिक्रीको आम्दानी ९७ करोड ६२ लाख रुपैयाँ थियो ।

बीमा दाबी भुक्तानी 

यस अवधिमा कम्पनीले बीमा दाबी भुक्तानी अन्तरगत ८ करोड ६ लाख रुपैयाँ प्राप्त गरेको छ ।

ब्याज खर्च २६ करोड बढी

साथै कम्पनीको ब्याज खर्च २६ करोड ८८ लाखबाट घटेर २४ करोड ४३ लाख कायम भएको छ। विद्युत बिक्रीको आम्दानी बढेको, बीमा दाबी भुक्तानीको रकम पाएको र ब्याज खर्च पनि घटेको लगायतका कारणले कम्पनीको खुद नाफा बढेको हो। 

कम्पनीको संचालन पनि बढ्यो

कम्पनीको संचालन मुनाफा पनि ५४ करोड ३० लाखबाट बढेर ८९ करोड २१ लाख पुगेको छ।

चुक्ता पुँजी: कम्पनीको चुक्ता पुँजी २ अर्ब ६० करोड २७ लाख रहेको छ।

प्रति सेयर आम्दानी:  कम्पनीको प्रति सेयर आम्दानी ११.८८ रुपैयाँबाट बढेर २४.१७ रुपैयाँ पुगेको छ।

 प्रति सेयर  नेटवर्थ: १४८.२० रुपैयाँबाट बढेर १५२.११ रुपैयाँ पुगेको छ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

सम्बन्धित खबर

धेरै पढिएको