Like us!
Follow us!
Connect us!
Watch us!

माउन्टेन इनर्जीको आइपिओको अन्तिम तथ्यांक यस्तो आयो

अर्थ संसार

शनिबार, ०६ मंसिर २०७७, ११ : १२ मा प्रकाशित

माउन्टेन इनर्जीको आइपिओको अन्तिम तथ्यांक यस्तो आयो

अर्थ संसार, काठमाडौँ -  माउन्टेन इनर्जी नेपाल लिमिटेडको साधारण शेयर (आइपीओ) काे निष्काशनको अन्तिम दिन आज शुक्रबारसम्म ६ लाख ७४ हजार जनाले आवेदन दिएका छन् ।

निष्कासन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेण्ट बैंकिङ्ग लिमिटेडका अनुसार अन्तिम दिनसम्ममा ६ लाख ७४ हजार जना आवेदकले १ अर्ब ३९ करोड ४४ लाख ४१ हजार रुपैयाँ बराबरको १ करोड ३९ लाख ४४ हजार ४१० कित्ताको लागि आवेदन दिएका हुन्  । यो ७.६१ गुणा धेरै हो । 

यस अन्तिम तथ्यांकलाई हेर्दा न्युनतम १० कित्ताको दरले वितरण गर्दा १ लाख ८३ हजार २६ जना आवेदकले मात्र शेयर हात पार्नेछन् भने बाँकी ४ लाख ९० हजार ९ सय ७३ जनाको हात खाली हुनेछ । उक्त आइपीओ अर्को साता बाँडफाँट गर्ने तयारी गरिएकाे छ ।

कम्पनीले कात्तिक २६ गते, बुधबारदेखि मंसिर ३ गते, बुधबारसम्म १९ लाख ६८ हजार २७ कित्ता शेयर निष्कासन गरेको थियाे । जसमध्ये २ प्रतिशत अर्थात ३९ हजार ३६१ कित्ता कर्मचारीहरुलाई र ५ प्रतिशत अर्थात ९८ हजार ४०१ कित्ता सामूहिक लगानी कोष र बाँकी १८ लाख ३० हजार २६५ कित्ता सर्वसाधारणहरुका लागि निष्कासन गरेको हो । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको