Like us!
Follow us!
Connect us!
Watch us!

अपि पावरको दुई साधारणसभा आज, सेयरधनीलाई लाभांश कति ?

अर्थ संसार

सोमबार, ०८ मंसिर २०७७, ०८ : ०५ मा प्रकाशित

अपि पावरको दुई साधारणसभा आज, सेयरधनीलाई लाभांश कति ?

फोटो फाइल 

अर्थ संसार, काठमाडौँ -अपि पावर कम्पनी लिमिटेडको सोह्रौँ र सत्रौँ वार्षिक साधारण सभा आज (मंसिर ८ गते, सोमबार) सुरू भएकाे छ ।

कम्पनीको कार्तिक १४ गते, शुक्रबार बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार उक्त सभा  कम्पनीको प्रधान कार्यालय, ट्रेड टावर, थापाथली, काठमाडौँबाट भर्चुअल माध्यम मार्फत बिहान ११ बजे सुरू भएकाे हाे ।

सभामा आर्थिक वर्ष २०७५/७६ को खुद मुनाफाबाट चुक्ता पूँजीको ५ प्रतिशतका दरले बोनस शेयर र आर्थिक वर्ष २०७६/७७ को खुद मुनाफाबाट चुक्ता पूँजीको ९ प्रतिशत गरी कुल १४ प्रतिशत बोनस शेयर वितरण गर्ने विशेष प्रस्ताव पारित गरिनेछ । यसका साथै, आर्थिक वर्ष २०७५/७६ को बोनस शेयरको कर प्रयोजनको लागि ०.२६ प्रतिशत र आर्थिक वर्ष २०७६/७७ को बोनस शेयरको कर प्रयोजनको लागि ०.४७ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पनि रहेको छ ।

यस्तै, कम्पनीले १६औँ वार्षिक साधारण सभा प्रयोजनको लागि २०७६ साल चैत्र १ गतेदेखि चैत्र ७ गतेसम्म बुकक्लोज गरेको थियो । त्यसैले, चैत्र १ गतेभन्दा अघिल्लो दिनसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले मात्र आर्थिक वर्ष २०७५/७६ को बोनस शेयर प्राप्त गर्न सक्नेछन् । त्यस्तै, १७औँ वार्षिक साधारण सभा प्रयोजनको लागि कम्पनीले मंसिर १ गतेदेखि ७ गतेसम्म बुकक्लोज गरेको छ । त्यसैले, कार्तिक २७ गते बिहीबारसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरु तथा १६ औँ वार्षिक साधारण सभामा प्रस्तावित ५ प्रतिशतका दरले लाभांश प्राप्त गर्ने शेयरधनीहरुले आर्थिक वर्ष २०७६/७७ को खुद मुनाफा प्राप्त गर्न सक्नेछन् ।

त्यसैगरी, सभामा बैंकको सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा आर्थिक वर्ष २०७५/७६  र २०७६/७७ को वार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०७५/७६  र २०७६/७७ को लेखापरीक्षण प्रतिवेदन,आर्थिक वर्ष २०७५/७६  र २०७६/७७  को लागि लेखापरीक्षक नियुक्ती गरी पारिश्रमिक तोक्ने लगायतका एजेन्डाहरू छलफल गरी पारित गरीनेछ ।

कम्पनीले प्रकाशन गरेको सूचना यस प्रकारको छ :

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको