Like us!
Follow us!
Connect us!
Watch us!

छुट्ला है नेपाल फाइनान्सको हकप्रद

अर्थ संसार

सोमबार, ०८ मंसिर २०७७, १२ : ०६ मा प्रकाशित

छुट्ला है नेपाल फाइनान्सको हकप्रद

अर्थ संसार, काठमाडौं – नेपाल फाइनान्स कम्पनी लिमिटेडले बिक्री गरिरहेको हकपरद शेयरमा आवेदन दिन अब केहि दिन मात्र बाँकि रहेको छ ।

फाइनान्सले आफ्ना लगानीकर्तालाई मंसिर ४ गते, बिहीबारदेखि १६ लाख ९७ हजार ५ सय ६ दशमलव २५ कित्ता हकप्रद शेयर धमाधम बिक्री गरिरहेकाे छ ।

फाइनान्सले चुक्ता पूँजीको १२५ प्रतिशत अर्थात हाल कायम १ कित्ता बराबर नयाँ १.२५ कित्ता अनुपातमा १६ करोड ९७ लाख ५० हजार ६२५ रुपैयाँ बराबरको प्रति शेयर १ सय अंकित दरका १६ लाख ९७ हजार ५ सय ६ दशमलव २५ कित्ता हकप्रद शेयर निष्कासन गरेकाे हो ।

उक्त हकप्रदमा लगानीकर्ताले प्रतिकित्ता १०० रुपैयाँको दरले मंसिर २४ गते बुधबारसम्म आवेदन दिन सक्नेछन् । कम्पनीकाे हकप्रद शेयर निष्कासन तथा बिक्री प्रबन्धकको काम प्रभु क्यापिटल लिमिटेडले गरेकाे छ ।

त्यसैगरी, फाइनान्सले हकप्रद शेयर निष्कासन गर्ने प्रयाेजनका लागि कात्तिक ६ गते बिहीबार एक दिनका लागि बुक क्लोज गरेकाे थियाे । त्यसैले, कार्तिक ५ गते बुधबारसम्म नेप्सेमा कायम शेयरधनीहरूले मात्र यस हकप्रदमा आवेदन दिन सक्नेछन् ।

फाइनान्सले प्रकाशन गरेकाे सूचना हेर्नुहोस्:

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको