Like us!
Follow us!
Connect us!
Watch us!

गुराँस लाइफ इन्स्योरेन्सका नवनिर्वाचित अध्यक्ष दुगड़द्धारा सपथ ग्रहण

अर्थ संसार

सोमबार, ०८ मंसिर २०७७, १६ : ४८ मा प्रकाशित

गुराँस लाइफ इन्स्योरेन्सका नवनिर्वाचित अध्यक्ष दुगड़द्धारा सपथ ग्रहण

अर्थ संसार, काठमाडौं - गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका नवनिर्वाचित अध्यक्ष विवेक दुगड़ले पद तथा गोपनियताको सपथग्रहण गरेका छन् । अध्यक्ष दुगड़ले बीमा समितिका अध्यक्ष समक्षसपथ ग्रहण गरेका हुन्  ।

कम्पनीको मङ्सिर ४ गते सम्पन्न दशौं वार्षिक साधारण सभा सम्पन्न भएपश्चात सोहि मितिमा बसेको नवनिर्वाचित संचालक समितिकोे १६२औं बैठकको सर्वसम्मतिबाट दुगड संचालक समितिको अध्यक्षमा चयन भएका थिए 

उनले बीमा समितिले जारि गरेको बीमकको संस्थागत सुशासन सम्बन्धि निर्देशिक २०७५ को दफा ३ को उपदफा (४) बमोजिम आज (मङ्सिर ८ गते सोमबार) बिहान ११:३० बजे बीमा समितिमा उपस्थीत भई एक कार्यक्रमका बीच बीमा समितिका अध्यक्ष चिरंजीवी चापागाइँ पद तथागोपनीयताकोे सपथ लिएका हुन् । 

सो सपथ ग्रहण समारोहमा बीमा समितिका कार्यकारी निर्देशक राजु रमण पौडेल र गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत नारायण कुमार भट्टराईको समेत उपस्थीती रहेको थियो ।    

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको