Like us!
Follow us!
Connect us!
Watch us!

अपि पावरमा ५ जना सञ्चालक निर्विरोध निर्वाचित

अर्थ संसार

बुधबार, १० मंसिर २०७७, १३ : २१ मा प्रकाशित

अपि पावरमा ५ जना सञ्चालक निर्विरोध निर्वाचित

अर्थ संसार, काठमाडौँ - अपि पावर कम्पनी लिमिटेडमा पाँच जना सञ्चालक निर्विरोध निर्वाचित भएका छन् ।  कम्पनीको मंसिर ८ गते, साेमबार सम्पन्न भएकाे सोह्रौँ र सत्रौँ वार्षिक साधारण सभाले आगामी चार वर्षिय कार्यकालका लागि  पाँच जना सञ्चालक निर्विरोध निर्वाचित गरेको हो ।

कम्पनीले कम्पनीकाे नियमावलीकाे दफा २७ काे उपदफा ३ बमाेजिम सतिश न्यौपाने, संजिव न्यौपाने, इन्द्रमणि त्रिताल, द्धारिका प्रसाद न्यौपाने र सृजना खड्कालाई निर्वाचित गरेकाे हो ।

यसका साथै, सभाले सञ्चालक समितिकाे बैठकले निर्णय गरेबमाेजिम शेयरधनीलाई आर्थिक वर्ष २०७५/ ०७६ को खुद मुनाफाबाट चुक्तापुँजीको ५ प्रतिशत दरले र आर्थिक वर्ष  २०७६/ ०७७ को खुद मुनाफाबाट चुक्ता पुँजीको ९ प्रतिशतका दरले गरी १४ प्रतिशत बोनस शेयर वितरण गर्ने विशेष प्रस्ताव पारित गरेकाे छ ।

कम्पनीले प्रकाशन गरेकाे सूचना हेर्नुहोस्:

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको