Like us!
Follow us!
Connect us!
Watch us!

नेशनल हाइड्रोका सेयरधनीले ४ महिनामै भए मालामाल !

अर्थ संसार

बुधबार, १० मंसिर २०७७, १३ : ५२ मा प्रकाशित

नेशनल हाइड्रोका सेयरधनीले ४ महिनामै भए मालामाल !

अर्थ संसार, काठमाडौं - छाेटाे समयमा लगानीलाइ दाेब्बरभन्दा बढीले बढाउनेमा नेशनल हाइड्राे पावर कम्पनीका सेयसधनी पनि परेका छन् । उक्त कम्पनीका सेयरधनीकाे सम्पत्ती चार महिनाकाे अबधिमा १५५ प्रतिशतले बढेकाे छ । 
काेभिडका कारण लामाे समय बन्द भएर बजार खुल्दा साउन १२ गते नेशनल हाइड्राेकाे सेयर प्रतिकित्ता ५४ रूपैयाँमा काराेबार भएकाे  उक्त कम्पनीकाे सेयर मंगलबार १३८ रूपैयाँमा काराेबार भएकाे थियाे । प्राथमिक सेयर निस्कासन हुँदा प्रतिकित्ता १ सय रूपैयाँमा किनेका सेयरधनीहरूकाे सम्मत्ति ४८ रूपैयाँले घटेकाे थियाे नै, उनीहरूले बर्षाैंदेखि एक रूपैयाँ लाभांश पाउन सकेेका छैनन् । 

नेशनल हाइड्राेकाे १ कराेड ३८ लाख ५१ हजार ८ सय ६२ कित्ता सेयर सूचिकृत छ । यस हिसावले कम्पनीकाे चुक्ता पूँजी १ अर्व ३८ कराेड ५१ लाख ८६ हजार २ सय रूपैयाँ छ । सेयर मूल्य बृद्धि भएर कम्पनीकाे चुक्ता पूँजी मंगलबार सम्म १ अर्ब ९१ कराेड १५ लाख ५६ हजार रूपैयाँ पुगेकाे छ । कम्पनीकाे सेयर मूल्य बढे पनि यसकाे प्राथमिक सेयर निस्कासन भएका बेला सेयर किन्नेहरू बर्षाैंदेखि घाटामै छन् । स्थापनाकाे दुइ दशकभन्दा बढी हुँदा पनि कमजाेर ब्यवस्थापन र सुसासनकाे अभावमा कम्पनीले मुनाफा आर्जन गर्न सकेकाे छैन । कम्पनी संचालकहरूकाे बिवादमै रूमलिँदै आएकाे छ ।  तर दाेस्राे बजारमा सेयर किन्नेहरूले भने ४ महिनामै सम्पत्ती साँढे दुइ गुणाले बढाएका छन् ।

नेशनल हाइड्राेले गत असार २१ मा २३ आैं साधारणसभा आह्वान गरेकाे थियाे । कम्पनीले आर्थिक वर्ष २०७६।७७ काे अन्त्यमा प्रतिशेयर ७७ पैसा आम्दानी गरेकाे छ । यस्तै कम्पनीकाे नेटवर्थ ७४.७० छ । यस हाइड्रोपावरकोे जगेडा कोष ३६ करोड ३३ लाख २० हजार रुपैयाँले ऋणात्मक देखिन्छ। यस्ताे कम्पनीकाे सेयरमा उचालिएर मूल्य तिर्नु निकैै जाेखिमपूर्ण देखिन्छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको