Like us!
Follow us!
Connect us!
Watch us!

युनईटेड इर्दि-मर्दीको आइपिओ बाँडफाँडको साइत जुर्यो !

अर्थ संसार

शनिबार, १३ मंसिर २०७७, ०५ : ५२ मा प्रकाशित

युनईटेड इर्दि-मर्दीको आइपिओ बाँडफाँडको साइत जुर्यो  !

अर्थ संसार, काठमाडौं– युनाईटेड इदी–मर्दी एण्ड आरबि हाइड्रोपावर लिमिटेडले निश्कासन गरेको साधारणस सेयर (आइपिओ) बाँडफाँडको मिति तय भएको छ । निष्कासन तथा बिक्री प्रबन्धकको काम ग्लोबल आइएमई क्यापिटल लिमिटेडको अनुसार मंसिर १४ गते दिउँसो ४ बजे  क्यापिटल कार्यालय जमल, काठमाडौंमा आइपिओ बाँडफाँड हुने भएको हो । 

 कम्पनीले मंसिर ३ गते मंसिर ७ गते  ८ लाख ७३ हजार ९ सय १० कित्ता साधारण शेयर  सेयर निश्कासन गरेको थियो । जसमध्ये ४३ हजार ६९६ कित्ता शेयर सामूहिक लगानी कोषका लागि, १७ हजार ४ सय ७८ कित्ता कर्मचारीहरुका लागि र बाँकी ८ लाख १२ हजार ७ सय ३६ कित्ता सर्वसाधारणहरुका लागि निष्कासन गरिएको हो । 

कम्पनीले निश्कासन गरेको सेयरमा ५ लाख ४१ हजार २६३ जना आवेदकले  ९४ लाख ९८ हजार ४०० कित्ताको लागि ९४ करोड ९८ लाख ४० हजार रुपैयाँको आवेदेन परेको छ । यसमा लगानीकर्ताले न्युनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्मको लागि आवेदन दिन सक्नेछन् । 

हाम्रो समुहको जित पक्का छ, चन्द्र ढकालको प्यानल किन?। FNCCI Election। Bodhnath Duwadi

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको