Like us!
Follow us!
Connect us!
Watch us!

युनाइटेड इदी मार्दीको आइपिओ बाँडफाँट, १० कित्ता पाउने कति जना ?

अर्थ संसार

आइतबार, १४ मंसिर २०७७, १६ : ५४ मा प्रकाशित

युनाइटेड इदी मार्दीको आइपिओ बाँडफाँट, १० कित्ता पाउने कति जना ?

अर्थ संसार, काठमाडौं–  युनाइटेड इदी मर्दी हाइड्रोपावरले निश्कासन गरेको  आइपिओ आइतबार ग्लोबल आइएमई क्यापिटलको कार्यालय जमलमा बाँडफाँट भएको छ । 

आइपिओमा आवेदन दिएका कुल ५ लाख ४१ हजार २६३ जना सर्वसाधारणमध्ये ८१ हजार २७३ जनाले गोलाप्रथामार्फत १० कित्ताका दरले सेयर पाएका छन् ।

यसरी बाँडफाँट पछि बाँकी रहेको ६ कित्ता सेयर भने १० कित्ता भन्दा बढी आवेदन दिने ६ जनालाई १ कित्ताका दरले थप गरिएको छ ।बाँकी ४ लाख ५९ हजार ९८९ जना आवदकको हात खाली भएकोे छ । यसमा ८६१ जनाको आवेदन रद्द भएको छ ।

कम्पनीले मंसिर ३ गते मंसिर ७ गते  ८ लाख ७३ हजार ९ सय १० कित्ता साधारण शेयर  सेयर निश्कासन गरेको थियो । जसमध्ये ४३ हजार ६९६ कित्ता शेयर सामूहिक लगानी कोषका लागि, १७ हजार ४ सय ७८ कित्ता कर्मचारीहरुका लागि र बाँकी ८ लाख १२ हजार ७ सय ३६ कित्ता सर्वसाधारणहरुका लागि निष्कासन गरिएको हो । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको