Like us!
Follow us!
Connect us!
Watch us!

बुम मार्केटमा ५० वटा कम्पनीका सेयरधनीले गुमाए, विशाल बजार कम्पनीका सेयरधनीकाे सम्पत्ती १० प्रतिशतले ह्रास

अर्थ संसार

आइतबार, १४ मंसिर २०७७, १७ : ४४ मा प्रकाशित

बुम मार्केटमा ५० वटा कम्पनीका सेयरधनीले गुमाए, विशाल बजार कम्पनीका सेयरधनीकाे सम्पत्ती १० प्रतिशतले ह्रास

अर्थ संसार, काठमाडौं– एक दिन ७५ अंकले बजार बढेका बेला केही दिन यता हाैसिएर विशाल बजार कम्पनीकाे सेयर किन्नेहरूले भने १० आफ्नाे सम्पत्ती १० प्रतिशतले गुमाएका छन् ।

कात्तिक ६ गते १६७५ रूपैयाँ प्रतिकित्तामा काराेबार भएकाे बिशाल बजारकाे सेयर मूल्य विहिबारसम्म आउँदा निरंतर उकालाे लागेकाे थियाे । अरू कम्पनीका लगानीकर्ताले कुरूस्त कमाइरहेका बेला विशाल बजार कम्पनीकाे सेयर मूल्यमा भने नकारात्मक सर्किट लागेकाे छ ।

बिशाल बजार कम्पनी : प्रतिफल नदिने कम्पनीका लगानीकर्ताले कमाए १ महिनामै ११४ प्रतिशत, मिलेमताेमा मनलाग्दी मूल्य बढाइँदै

नेप्सेमा ४ लाख ९१ हजार ४ सय कित्ता सेयर सूचिकृत भएकाे उक्त कम्पनीकाे बजार पूँजीकरण आइतबार १० प्रतिशतले घटेकाे छ । बिशाल बजार कम्पनीकाे मूल्य अकासिने गरी बृद्धि हुनु पर्ने कुनै कारण थिएन । सुसासन निकै कमजाेर रहेकाे कम्पनीकाे सेयर मूल्य कर्नरिंग गर्नेहरूले निरंतर बढाएका थिए छ ।

कम्पनीले दशकदेखि साधारणसभा गरेकाे छैन । सेयरधनीलाइ लाभांशसमेत दिएकाे छैन । यसले गर्दा निकट भविष्यमा यसले कुनै लाभांश दिने सम्भावना छैन ।

अकासिँदाे बजारमा सम्पत्ती गुमाउनेमा विशाल बजारका सेयरधनी मात्र हैनन् । यस दिन आँखु खाेला जलविद्युत कम्पनी, मल्टिपर्पाेज फाइनान्स कम्पनी, सनराइज फस्ट म्युचुअल फन्ड, पाँचथर पावर कम्पनी लिमिटेड, ग्लाेबल आइएमइ लघुवित्त वित्तिय संस्था र जाेशी हाइड्राे पावरका लगानीकर्ताले ३ प्रतिशतभन्दा बढी गुमाएका छन् । यसरी गुमाउने ५० वटा कम्पनी वा म्युचुअल फन्डका इकाइधनीहरू छन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको