Like us!
Follow us!
Connect us!
Watch us!

माउन्टेन इनर्जीको आइपिओ बाँडफाँड कहिले ? यस्तो छ प्रबन्धक नबिल इन्भेष्टमेन्टको तयारी

अर्थ संसार

सोमबार, १५ मंसिर २०७७, ०८ : ३५ मा प्रकाशित

माउन्टेन इनर्जीको आइपिओ बाँडफाँड कहिले ? यस्तो छ प्रबन्धक नबिल इन्भेष्टमेन्टको तयारी

अर्थ संसार, काठमाडौं -माउण्टेन इनर्जी नेपालले निश्कासन गरेको आइपिओ बुधबार बाँडफाँड गर्ने तयारी बिक्री प्रबन्धक बिक्री प्रबन्धक नबिल इन्भेष्टमेण्ट बैंकिङले गरेको छ । आइपिओको प्रि–अलोटमेण्ट आइतवार भएको छ ।

प्रि–अलोटमेण्ट सम्पन्न गरेको तीन कार्य दिनभित्र बाँडफाँट गरी सक्नुपर्ने व्यवस्था अनुसार बुधवार गर्न लागिएको क्यापिटलको भनाइ छ ।

कम्पनीले सर्वसाधारणका लागि कात्तिक २६ गतेदेखि मंसिर ३ गतेसम्म आईपीओ विक्री गरेको थियो । उक्त अवधिमा आवेदन दिनेमध्ये ६ लाख ५१ हजार ५७५ जना योग्य रहेको विक्री प्रबन्धकले जानकारी दिएको छ । कम्पनीले सर्वसाधारणमा सार्वजनिक निष्कासनमार्फत १८ लाख ३० हजार २६५ कित्ता शेयर विक्री गरेको हो । 

सर्वसाधारणका लागि छुट्याइएको कुल १९ लाख ६८ हजार २७ कित्तामध्ये ३९ हजार ३६१ कित्ता कर्मचारीहरुलाई सुरक्षित गरी ९८ लाख ४०१ कित्ता शेयर सामूहिक लगानी कोषका लागि बाँडफाँट गरिसकेको छ । बुधवार योग्य आवेदकहरुलाई सार्वजनिक निष्कासनमार्फत विक्री गरिएको १८ लाख ३० हजार २६५ कित्ता शेयर बाँडफाँट हुनेछ ।

कम्पनीले यसअघि आयोजना प्रभावित नुवाकोट र म्याग्दी जिल्लाका स्थायिनको लागि १९ लाख ६८ हजार २७ कित्ता शेयर विक्री गरेको थियो । स्थानियका लागि कम्पनीले भदौ ३१ गतेदेखि असोज २९ गतेसम्म आईपीओ विक्री गरी कात्तिक ६ गते बाँडफाँट गरेको हो । 

यस कम्पनीले म्यादी जिल्लामा ३८ मेगावाट क्षमताको जलविद्युत आयोजना निर्माण गरिरहको छ । कम्पनीले आयोजना प्रभावित स्थानियका लागि छुट्याएको कुल कित्तामध्ये नुवाकोट र म्याग्दी जिल्लाको अति प्रभावितको लागि ६० प्रतिशत र प्रभावितका लागि ४० प्रतिशत शेयर छ्ट्याएको छ । 

यस कम्पनीको वास्तविक प्रतिशेयर नेटवर्थ २०७६ चैत मसान्तसम्ममा  ११८ दशमलव ३२ रहेको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको