Like us!
Follow us!
Connect us!
Watch us!

१२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्तावसहित स्कोप बचतले डाक्यो वार्षिक सभा

अर्थ संसार

सोमबार, १५ मंसिर २०७७, ०८ : ४२ मा प्रकाशित

१२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्तावसहित स्कोप बचतले डाक्यो वार्षिक सभा

अर्थ संसार, काठमाडौं - स्कोप बचत तथा ऋण सहकरीन संस्था लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेको छ ।

संस्थाको मङ्सिर ११ गते बसेको संचालक समितिको निर्णयानुसार संस्थाको २७औं वार्षिक साधारणसभा मङ्सिर ३० गते मंगलबार भर्चुअल माध्यमबाट दिउँसो १ बजे सुरु हुनेछ ।
सभामा आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रतिवेदन प्रस्तुत छलफल र अनुमोदन गरिनुका साथै सोहि अवधिको लेखा परिक्षण प्रतिवेदन, वासलात र आयव्यय विवरण प्रस्तुति, छलफल र अनुमोदन गरिनेछ ।

त्यसैगरी आर्थिक वर्ष ब२०७७/७८ को लागि लेखा परीक्षकको नियुक्ति गरी निजको पारिश्रमिक तोकिनेछ ।

त्यस्तै सेयरधनीहरुलाई १२ प्रतिशतका दरले लाभांश वितरण गर्ने प्रस्ताव पेश गरिनेछ ।

संस्थाले प्रकाशन गरेको सूचना हेर्नुहोस्:-

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको