Like us!
Follow us!
Connect us!
Watch us!

बाटिका बहुउद्देश्यीय सहकारी संस्थाको वार्षिक सभा कहिले ?

अर्थ संसार

मंगलबार, १६ मंसिर २०७७, ०७ : ४८ मा प्रकाशित

बाटिका बहुउद्देश्यीय सहकारी संस्थाको वार्षिक सभा कहिले ?

अर्थ संसार, काठमाडौं - बाटिका बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले १४औं वार्षिक साधारणसभा आह्वान गरेको छ ।

संस्थाको मंसिर १५ गते बसेको संचालक समितिको बैठकले गरेको निर्णयानुसार उक्त सभा पौष २ गतेदेखि पौष ९ गतेसम्म संस्थाको रजिष्टर्ड कार्यालय, बाटिका भवन कुलेश्वरमा प्रत्येक दिन बिहान ११ बजेदेखि ४ बजेसम्म संचालन हुनेछ । 

सभामा संचालक समितिको अध्यक्षबाट आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रतिवेदन उपर छलफल गारिनुका साथै सोहि अवधिको आर्थिक प्रतिवेदन उपर छलफल गरी पारित गरिनेछ भने सोहि अवधिको लेखापरीक्षण प्रतिवेदन सहित वासलात उपर पनि छलफल गरी पारित गरिनेछ ।

त्यस्तै आर्थिक वर्ष २०७७/७८ को लागि लेखापारिक्षकको नियुक्ति तथा पारिश्रमिक निर्धारण पनि गरिनेछ ।

सभामा संचालक समितिबाट सिफारिस भएको लाभांश प्रस्ताव बारे छलफल गरी पारित गरिनेछ ।

संस्थाले प्रकाशन गरेको सूचना हेर्नुहोस्:

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको