अर्थ संसार, काठमाडौँ - माउन्टेन इनर्जी नेपाल लिमिटेडले जारी गरेको आइपिओ आज बाँडफाँड हुँदैछ । कम्पनीले कात्तिक २६ गतेदेखि मंसिर ३ गतेसम्म १९ लाख ६८ हजार २७ कित्ता आइपिओ निश्कासन गरेको थियो ।
आइतबार 'प्रि अलोटमेन्ट' सम्पन्न भएको उक्त आइपिओको बाँडफाँड आज बिहान १० बजे माउन्टेन इनर्जी नेपाल लिमिटेडको कार्यालय डिल्लीबजार, काठमाडौंमा हुने भएको हो ।
कम्पनीको आइपिओमा ६ लाख ७४ हजार जना आवेदकले १ अर्ब ३९ करोड ४४ लाख ४१ हजार रुपैयाँ बराबरको १ करोड ३९ लाख ४४ हजार ४१० कित्ताको लागि आवेदन दिएका थिए । यो सर्वसाधारणका लागि माग गरिएको भन्दा ७।६१ गुणा धेरै हो । उक्त आइपिओमा मागभन्दा बढी आवेदन परेकोले गोलाप्रथाद्वारा बाँडफाँड गर्न लागिएको कम्पनीले जनाएको छ ।
आवेदन परेका मध्ये ६ लाख ५१ हजार ५ सय ७५ जना योग्य आवेदक रहेका छन् । गोलाप्रथाबाट बाँडफाँड गर्दा एक लाख ८३ हजार २६ जनाले १० कित्ताका दरले शेयर पाउने छन् र बाँकी ४ लाख ९० हजार ९७३ जना आवेदकको भने हात खाली हुनेछ ।
कम्पनीले २ प्रतिशत अर्थात ३९ हजार ३६१ कित्ता कर्मचारीहरुलाई र ५ प्रतिशत अर्थात ९८ हजार ४०१ कित्ता सामूहिक लगानी कोष र बाँकी १८ लाख ३० हजार २६५ कित्ता सर्वसाधारणहरुका लागि निष्कासन गरेको हो ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस