अर्थ संसार, काठमाडौँ -  माउन्टेन इनर्जी नेपाल लिमिटेडले जारी गरेको आइपिओ बाँडफाँड भएको छ  । कम्पनीले कात्तिक २६ गतेदेखि मंसिर ३ गतेसम्म निष्कासन गरेको १९ लाख ६८ हजार २७ कित्ता आइपिओ  बाँडफाँड गरिएको हो ।
  यसमा आवेदन दिएका ६ लाख ७४ हजार जनामध्ये १ लाख ८३ हजार २६ जनाले  गोलाप्रथामार्फत १० कित्ताका दरले सेयर पाएका छन् यसरी बाँडफाँटपछि बाँकी रहेको ५ कित्ता सेयर भने १० कित्ता भन्दा बढी आवेदन दिने ५ जनालाई १ कित्ताका दरले थप गरियको छ ।
आइतबार 'प्रि अलोटमेन्ट' सम्पन्न भएको उक्त आइपिओको बाँडफाँड आज  बिहान १० बजे माउन्टेन इनर्जी नेपाल लिमिटेडको कार्यालय डिल्लीबजार, काठमाडौंमा बाँडफाँड गरिएको हो   ।
कम्पनीको आइपिओमा ६ लाख ७४ हजार जना आवेदकले १ अर्ब ३९ करोड ४४ लाख ४१ हजार रुपैयाँ बराबरको १ करोड ३९ लाख ४४ हजार ४१० कित्ताको लागि आवेदन  दिएका थिए । यो सर्वसाधारणका लागि माग गरिएको भन्दा ७.६१ गुणा धेरै आवेदन परेको थियो  । उक्त आइपिओमा मागभन्दा बढी आवेदन 
गोलाप्रथाबाट बाँडफाँड गर्दा  एक लाख ८३ हजार २६ जनाले  १० कित्ताका दरले शेयर पाउने छन् सेयर हात पारेका छन्  भने बाँकी ४ लाख ९० हजार ९७३ जना आवेदकको भने हात खाली भएको छ  । 
 कम्पनीले  २ प्रतिशत अर्थात ३९ हजार ३६१ कित्ता कर्मचारीहरुलाई र ५ प्रतिशत अर्थात ९८ हजार ४०१ कित्ता सामूहिक लगानी कोष र बाँकी १८ लाख ३० हजार २६५ कित्ता सर्वसाधारणहरुका लागि निष्कासन गरेको हो । 
                                                                                    
                         
                        अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
                                गुनासो,
                                सूचना तथा सुझाव
                                भए हामीलाई
                                [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
                                पनि
                                हामीसँग
                                जोडिन सकिनेछ । हाम्रो *युटुब
                                च्यानल पनि
                                हेर्नु होला।
                     
                                                                
प्रतिक्रिया दिनुहोस