अर्थ संसार, काठमाडौं - हिमशिखर बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले तेर्हौं वार्षिक साधारण सभा आह्वान गरेको छ ।
संस्थाको मङ्सिर १६ गते बसेको संचालक समितिको बैठकले गरेको निर्णयानुसार उक्त सभा पुस ११ गते शनिबार बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म विद्युतीय माध्यमबाट संचालन हुनेछ ।
सभामा संचालक समितिको तर्फबाट अध्यक्षले प्रस्तुत गर्ने वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरिनेछ । त्यसैगरी संस्थाको आर्थी वर्ष २०७६/७७ को लेखा सुपरिवेक्षण समितिको वार्षिक प्रतिवेदन पारित गरिनुका साथै सोहि अवधिको लेखा परिक्षण प्रतिवेदन अनुमोदन गरिनेछ
त्यस्तै २०७७/७८ को वार्षिक कार्यक्रम तथा बजेट अनुमोदन गरिनुका साथै लेखा परीक्षकको नियुक्ति र निजको पारिश्रमिक मणि निर्धारण गरिनेछ ।
सभाले लाभांश वितरण गर्ने प्रस्तवा पनि पारित गर्नेछ ।
संस्थाले प्रकाशन गरेको सूचना हेर्नुहोस् :-
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस