अर्थ संसार, काठमाडौं -चर्को ब्रोकर कमिसनको विरोधमा आज जावलाखेलस्थित नेपाल धितोपत्र बोर्डको कार्यालय  घर्ने भएका छन् । 
आज ११ बजे चर्काे कमिसनको विरोधमा सेबोन जने कार्यक्रम तय भएको लगानीकर्ताहरुले अर्थ संसार डटकमलाई बताएका छन । चर्काे कमिसनलाई घटाई ०.२५ प्रतिशतमा झार्नु पर्ने माग लगानीकर्ताहरुको रहेको छ । 
सेयर किन्दा र बेच्दा दुवैमा चर्को ब्रोकर कमिसन तिर्नुपर्ने बाध्यतालाई हटाउनका लगानीकर्ता एकजुट भई नियामक निकाय  सेबोन घेर्नु परेको उनीहरुले बताएका छन् । 
नेपाल इन्भेष्टर्स फोरमले आफ्नो फेसबुक पेजमा दवाब सिर्जनासमेत गर्नका लागि सम्पूर्ण लागनीकर्ताहरुलाई  धितोपत्र बोर्ड आउन सार्वजनिक रुपमै आह्वान समेत गरेको छ । 
 
                                                                                    
                         
                        अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
                                गुनासो,
                                सूचना तथा सुझाव
                                भए हामीलाई
                                [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
                                पनि
                                हामीसँग
                                जोडिन सकिनेछ । हाम्रो *युटुब
                                च्यानल पनि
                                हेर्नु होला।
                     
                                                                
प्रतिक्रिया दिनुहोस