अर्थ संसार, काठमाडौँ - सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडलेको चौधौं वार्षिक साधारण सभा आज (मंसिर २० गते, शनिबार) हुँदैछ ।
बैंककाे कार्तिक २८ गते बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार बैंककाे उक्त सभा बैंककाे रजिष्टर्ड कार्यालय, दरबारमार्ग, काठमाडाैँमा बिहान ११ बजेदेखि सुरु हुनेछ ।
बैंकले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरूलाई ११ प्रतिशत लाभांश दिने भएको छ । सभामा सञ्चालक समितिबाट प्रस्ताव गरे अनुसार सेयरधनीहरूलाई ८ प्रतिशतका दरले हुन आउने बोनस सेयर र ३ प्रतिशतका दरले हुन आउने नगद लाभांश (कर समेत) वितरण गरिने विशेष प्रस्ताव पारित गरिनेछ ।
बैंकले साधारण सभा तथा लाभांश वितरण गर्ने प्रयाेजनका लागि मंसिर ११ गते बुक क्लोज गरेकाे थियाे । त्यसैले, मंसिर १० गते, बुधबारसम्म नेप्सेमा कारोबार भई कायम सेयरधनीहरुले मात्र साधारण सभामा भाग लिन तथा लाभांश प्राप्त गर्न सक्नेछन् ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस