Like us!
Follow us!
Connect us!
Watch us!

एनआइसी एशिया क्यापिटलको डाइनामिक डेब्ट फण्ड बाँडफाँड

अर्थ संसार

मंगलबार, २३ मंसिर २०७७, १३ : ०८ मा प्रकाशित

एनआइसी एशिया क्यापिटलको डाइनामिक डेब्ट फण्ड बाँडफाँड

अर्थ संसार, काठमाडौं - एनआईसी एसिया बैंक म्युचुअल फन्डअन्तर्गत सञ्चालित एनआईसी एसिया डाइनामिक डेप्ट फन्डका इकाइ बाँडफाँड भएको  छ। धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक एनआईसी एसिया क्यापिटलको काठमाडौं बबरमहलस्थित कार्यालयमा आज बिहान ९ बजे यो योजनाका इकाइहरु बाँडफाँड गरिएको हो। 

योजना व्यवस्थापक एनआईसी एशिया क्यापिटलले मंसिर १२ गते, शुक्रबारबाट मंसिर १६ गते, मंगलबारसम्म  बिक्री खुल्ला गरेको ५० करोड रुपैयाँ बराबरको ५ करोड इकाई डाइनामिक डेब्ट फण्डको इकाइहरु आज बाँडफाँड गरिएको हो । 

जसमध्ये १५ प्रतिशत अर्थात ७५ लाख इकाई कोष प्रबर्द्धक एनआईसी एशिया बैंकलाई सुरक्षित गरी ४ करोड २५ लाख इकाईमध्ये प्रथम चरणमा सर्वसाधारणहरुलाई १ करोड २५ लाख इकाईमा सर्वसाधारणले आवेदन दिन पाउने व्यवस्था गरिएको थियाे । उक्त फण्डको  प्रति इकाई १० रुपैयाँ तोकिएको थियो । 

उक्त इकाईमा ७९ हजार ५ सय १४ जना आवेदकहरुबाट ५ करोड ६० लाख १६ हजार ५ सय ७० कित्ता इकाईका लागि आवेदन परेकोमा एक सय इकाईदेखि ५ लाख इकाईसम्म माग गर्ने आवेदकहरुलाई माग गरे बमोजिम इकाई वितरण गरिएको छ । 

यसैगरी, १० लाख इकाईदेखि ५० लाख इकाईसम्म माग गर्ने आवेदकहरुलाई ६ लाख ६४ हजार ८ सय २० इकाईका दरले बाँडफाँड गरिएको छ । त्यस्तै, बाँकी रहन आएको ५० इकाईको हकमा १० लाख १० इकाईदेखि ५० लाख इकाई माग गर्ने ५ जना आवेदकहरुलाई पूनः १० कित्ता थप गरि कुल ४ करोड २५ लाख इकाई बाँडफाँड गरिएको योजना व्यवस्थापक तथा बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटलले जानकारी दिएकाे छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको