अर्थ संसार, काठमाडौं - आई.एम.ई. लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले  नेपालमै पहिलो पटक  IME LIFE 360-Your Virtual Assistant नामको च्याटबोट (chatbot) संचालनमा ल्याएको छ ।
कम्पनीले आफ्ना बीमित, अभिकर्ता र सरोकालवाला व्यक्त तथा संघ संस्थालाई सूचना प्रविधिको उच्चतम्प्रयोग गरी विश्वको जुनसुकै स्थानबाट कम्पनीले प्रदान गर्ने सेवाहरू चुस्त, दुरुस्त र प्रभावकारी सेवा प्रवाह गर्न सहज बनाउन २४ सै घण्टा आवश्यक जानकारी उपलब्ध गराउन  यो सेवा संचालनमा ल्याएको हो  ।  कम्पनीको यी सेवा कम्पनीको वेभ साईटमा उपलब्ध रहेको छ भने भविष्यमा  Mobile Apps ( IOS & Aneroid) र  Messenger मा समेत उपलब्ध गराईने छ । 
यसबाट मूख्यतः बीमित र अभिकर्ता प्रत्यक्ष रूपमा लाभान्वित हुनेछन्, भने बीमासँग चासो राख्ने, बीमाको बारेमा बुझ्न चाहने, कम्पनीको बारेमा बुझ्न चाहने व्यक्ति तथा संस्थाले समेत यसबाट सेवा प्राप्त गर्न सक्नेछन्।
च्याटबोट सेवा मार्फत बिमितले आफ्नो बीमाशुल्क भुक्तानी सम्बन्धि जानकारी लिनुका साथै बीमा शुल्क भुक्तानी तरिका, इच्छाएको व्यक्ति, मोवाइल नं. परिवर्तनको जानकारी लिन सकिने र अनुरोध पठाउन सकिने छ । यसैगरी दाबी भुक्तानी प्रक्रिया, अभिकर्ता कमिशन, बैंक खाता, प्यान नं., मोबाइल नं अद्यावधिक गर्ने, नयाँ अभिकर्ता बन्ने र अभिकर्ता इजाजतपत्र नवीकरण प्रक्रिया सम्मको जानकारी यसै च्याटबोट मार्फत्तत्कालै प्राप्त गर्न तथा अनुरोध पठाउन सक्नेछन्।
यो सेवा सञ्चालनमा आएसँगै कम्पनीको बीमित, अभिकर्ता र कम्पनीसँग सरोकार राख्ने सम्पूर्ण व्यक्ति, संस्थाले आफ्नो महत्वपूर्ण समय बचत गरी घर, अफिस वा जुनसुकै स्थानबाट कम्पनीले प्रदान गर्ने सेवा अन्तर्गतको जुनसुकै समस्या वा जिज्ञासा च्याटबोटमार्फत् राखी तत्कालै समाधान पाउन सक्नेछन्।
                                                                                    
                         
                        अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
                                गुनासो,
                                सूचना तथा सुझाव
                                भए हामीलाई
                                [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
                                पनि
                                हामीसँग
                                जोडिन सकिनेछ । हाम्रो *युटुब
                                च्यानल पनि
                                हेर्नु होला।
                     
                                                                
प्रतिक्रिया दिनुहोस