Like us!
Follow us!
Connect us!
Watch us!

आइपिओ निश्कासनको अनुमति माग्दै ज्योति लाइफ नेपाल धितोपत्र बोर्डको ढोकामा

अर्थ संसार

मंगलबार, २३ मंसिर २०७७, २० : ०७ मा प्रकाशित

आइपिओ निश्कासनको अनुमति माग्दै ज्योति लाइफ नेपाल धितोपत्र बोर्डको ढोकामा

अर्थ संसार, काठमाडौं- ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले  सर्वसाधारणको लागि आइपिओ निश्कासन  गर्न अनुमति माग्दै नेपाल धितोपत्र बोर्ड पुगेको छ । कम्पनीले मंसिर १९ गते आइपिओ जारी गर्न अनुमति माग्दै बोर्डमा आवेदन दिएको हो ।

कम्पनी हाल कायम जारी पूँजीको ३० प्रतिशत अर्थात ६६ करोड रूपैयाँ बराबरको ६६ लाख कित्ता सेयर निष्काशन गर्न लागेको हो ।

चुक्ता पूँजी एक अर्ब ५४ करोड रूपैयाँ रहेको ज्योति लाइफले ६६ करोड रूपैयाँ आईपीओ निष्काशन गर्नेछ । ज्योति लाइफले २०७४ माघ १० गतेको साधारण सभाबाट जारी पूँजीको ३० प्रतिशत आइपिओ निष्काशन गर्ने प्रस्ताव पारित गरेको थियो ।कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा एनएमवी क्यापिटल रहेको छ ।

लगानीको सुनौलो अवसर !! Prabhu Life Insurance को IPO बारे सम्पूर्ण जानकारी | कम्पनी कस्तो छ त ?

ब्रोकर कमिसन तत्काल घटनु पर्यो | कस्तो कम्पनीमा लगानी गर्ने? Chhote Lal Rauniyar | Arthasansar Talk

सेयरबजार कतिसम्म बढ्ला ? पूँजीबजार लगानीकर्ता संघकी अध्यक्ष राधा पाेखरेलसँग कुराकानी। Radha Pokharel

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको