Like us!
Follow us!
Connect us!
Watch us!

लगानी गर्ने होइन ? प्रभु लाइफ इन्स्योरेन्सको आइपिओ मंसिर २९ गतेबाट बजारमा आउँदै

अर्थ संसार

बुधबार, २४ मंसिर २०७७, ११ : २१ मा प्रकाशित

अर्थ संसार, काठमाडौं - प्रभु लाइफ इन्स्योरेन्सको साधारण सेयर  (आइपिओ)  मंसिर २९ गते सोमबारबाट  निष्काशन हुँदैछ । कम्पनीले सर्वसाधारणका लागि ६० करोड रुपैयाँ बराबरको ६० लाख कित्ता आईपीओ निष्काशन गर्ने भएको हो । 

निष्काशन हुने ६० लाख कित्ता सेयरमध्ये ५ प्रतिशत अर्थात् ३ लाख कित्ता कर्मचारीको लागि  र थप ५ प्रतिशत अर्थ ३ लाख सामुहिक लगानी कोषहरुलाई छुट्याइएको छ भने बाँकी रहेको ५४ लाख कित्ता सेयरमा सर्वसाधारणले आवेदन दिन सक्नेछन् । उक्त आइपिओमा लगानीकर्ताले नजिकको बैंक तथा वित्तीय संस्था र मेरोसेयर अनलाइनमार्फत आवेदन दिन सक्नेछन् ।

प्रभु लाइफ इन्स्योरेन्सको आइपीओ निष्काशन बन्द छिटोमा पुस २ गते बन्द हुने छ । त्यस अवधिमा विक्री नभए पुस १३ गतेसम्म मात्र बिक्री खुल्ला रहने छ । सर्वसाधारणले न्यूनतम १० कित्ता (१ हजार रुपैयाँ) देखि ५ हजार कित्ता (५ लाख रुपैयाँ) सम्म आवेदन गर्न सक्ने छन् । 

कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रवन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ । 

इक्रा नेपालले साधारण सेयर निस्कासन गर्न प्रभु लाइफ इन्स्योरेन्सको आईपीओलाई इक्रा एनपी आईपीओ ग्रेड ४ रेटिङ प्रदान गरेको हो । ग्रेड ४ रेटिङले कम्पनीको आधारभुत पक्ष औषतभन्दा तल रहेको देखाउँछ ।

कम्पनीले चालु आर्थिक वर्षको पहिलो तीन महिनामा २५ करोड ९७ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ । यस अवधिमा ३ करोड ९ लाख रुपैयाँ खुद नाफा गरेको कम्पनले जनाएको छ । हाल कम्पनीको चुक्ता पूँजी १ अर्ब ४० करोड रुपैयाँ छ । आइपिओ निष्काशनपछि कम्पनीको चुक्ता पूँजी २ अर्ब पुग्ने छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको