Like us!
Follow us!
Connect us!
Watch us!

ललितपुर महानगर भित्र अब पोष्टर, पम्पलेट र ब्यानर देखिने छैनन्- मेयर चिरीबाबु महर्जन

अर्थ संसार

आइतबार, २८ मंसिर २०७७, १७ : ०० मा प्रकाशित

ललितपुर महानगर भित्र अब पोष्टर, पम्पलेट र ब्यानर देखिने छैनन्- मेयर चिरीबाबु महर्जन

ललितपुर महानगरपालिकाले महानगरलाई स्वच्छ र हराभर बनाउने उद्देश्यले सचेतना अभियान शुरुआत गरेको छ ।  महानगरप्रमुख चिरीबाबु महर्जनले आज  आयोजित कार्यक्रममा अभियानको शुभारम्भ गर्दै महानगरपालिकालाई स्वच्छ शहर बनाउन उच्च प्राथमिकताका साथ काम भइरहेको जानकारी दिए।  

उहाँले भन्नुभयो, “सुन्दर र सभ्य समाज निर्माण गर्न सचेतना अभियानले सहयोग गर्नेछ  । महानगरपालिकाका सम्पदा तथा सार्वजनिक क्षेत्रमा फोहर गर्नु भनेको असभ्यताको पराकाष्ठा हो । यस्ता स्थानमा फोहर नगर्न पटक–पटक आग्रह गरिएको छ ।”

 पोष्टर, पम्पलेट र ब्यानरलगायतका वस्तु अब महानगरभित्र  देखिने छैनन् । महानगरका शोभा न्यूनीकरण गर्ने वस्तु हटाउन नगर प्रहरीलाई जिम्मेवारी प्रदान गरिएको छ । 
कार्यक्रममा नगरप्रहरी प्रमुख सीताराम हाछेथुले महानगरपालिकाभित्र फुटपाथ अतिक्रमण र अव्यवस्थिततार सुधारका काम आफूहरुले गरिरहेको जानकारी दिए  ।

उहाँले भन्नुभयो, “ दुई महिना लगाएर हरिसिद्धिदेखि सानेपासम्मका होडिङ् बोर्ड झिक्याँै । थापाथली पुलदेखि कुमारीपाटीसम्मको अव्यवस्थित तार व्यवस्थापन गर्ने काम सकियो । अबको दुई महिनाभित्रमा लगनखेल हुँदै कुपण्डोल क्षेत्रमा काम हुनेछ ।  मङ्गलबजार भनिमण्डल, सानेपा क्षेत्र र अन्त्यमा भैँसेपाटी हुँदै बुङ्मतीतिर काम गर्नेछाँै ।” 

नगर प्रहरीले ११ सार्वजनिक स्थानमा बनाइएका घरटहरासमेत भत्काइसकेको कार्यक्रममा जानकारी दिइएको थियो  ।  महनगरपालिकाले यहाँका कुमारीपाटी, बटुकभैैरव, कनिबहाल, महालक्ष्मीस्थान, लगनखेल, पाटन अस्पताल क्षेत्र,यातायात व्यवस्था कार्यालय परिसर, भनिमण्डल, जावलाखेल आदिमा दुईदेखि चार पाङ्ग्रे सवारीसाधन पार्किङ् गर्ने व्यसस्थासमेत गरेको छ ।

सचेतना अभियान छ महिनासम्म चल्नेछ । अभियानमा महानगरपालिका नगर प्रहरी बिहान ११ देखि दिउँसो ४ बजेसम्म खट्नेछन् । अभियानलाई सफल बनाउन हप्ताको एक पटक महानगरपालिका भित्र ¥यालीसमेत गरिने छ ।  
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको