Like us!
Follow us!
Connect us!
Watch us!

काठमाण्डौ र ललितपुरका यी क्षेत्रमा ३ दिन विद्युत आपूर्ति अवरुद्ध हुने

अर्थ संसार

विहीबार, २८ भदौ २०८०, १२ : १८ मा प्रकाशित

काठमाण्डौ र ललितपुरका यी क्षेत्रमा ३ दिन विद्युत आपूर्ति अवरुद्ध हुने

काठमाण्डौ र ललितपुरका विभिन्न क्षेत्रमा शुक्रबारदेखि ३ दिनसम्म विद्युत आपूर्ति अवरुद्ध हुने भएकाे छ । भाेलि भदौ २९ गते शुक्रबारदेखि असोज १ गते सोमबारसम्म विद्युत आपूर्ति अवरुद्ध हुने भएकाे हाे । े

टेकु सबस्टेसन स्तरोन्नति गर्न नेपाल विद्युत प्राधिकरणले स्युचाटार–टेकु लाइन ३ दिन सट डाउन गर्नुपर्ने भएको भन्दै ती क्षेत्रहरूमा विद्युत आपूर्ति अवरुद्ध हुने एक सूचनामार्फत् जानकारी दिएकाे छ । 

प्रथम चरण अन्तर्गत टेकू सबस्टेसनमा १ थान १३२ / ११ के.भी., ४५ एम. भी. ए. ट्रान्सफर्मर चार्ज गर्न स्युचाटार तथा टेकू सबस्टेसनमा हाल ६६ के.भी. मा चार्ज रहेको स्विचगियर हटाउन, कन्डक्टर परिवर्तन तथा स्थानान्तरण गर्न र टेकूमा प्रसारण लाइन तर्फको तीन EHV केवल टर्मिनेसन गर्न तथा टेकू - स्युचाटार लाइन १३२ के.भी.मा चार्ज गर्ने स्युचाटार - पाटन, स्युचाटार-टेकू तथा स्युचाटार-K3 ६६ के.भी. प्रसारण लाइन सटडाउन (shutdown) गर्नुपर्ने प्राधिकरणकाे सूचनामा उल्लेख छ ।

उक्त कार्य गर्दा टेकू, पाटन तथा K3 सबस्टेसन र सोसँग सम्बन्धित स्विचिङ स्टेसनहरूबाट आपूर्ति भइरहेको तल उल्लेखित वितरण केन्द्र अन्तर्गत पर्ने फिडरहरूमा विद्युत सेवा प्रभावित /बन्द हुने प्राधिकरणकाे सूचनामा उल्लेख छ ।

कुन दिन कुन क्षेत्रमा विद्युत आपूर्ति अवरुद्ध हुने भन्ने विवरण तलकाे सूचनामा उल्लेख गरिएकाे छ :

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको